छाती भन्दा बाहिर मुटु भएपनि उच्च छ मनोवल, नजन्मिँदै मर्छिन् भन्ने डाक्टरहरु समेत चकित छन् !

एजेन्सी – अमेरिकामा रहँदै आएकी ११ वर्षीया भिरसाव्या बोरुन गोनचारोभा एक अचम्म लाग्दो समस्याबाट ग्रसित छिन्। उनको मुटु प्राकृतिक रुपमा हुने ठाउँ भन्दा फरक ठाउँमा छ। सामान्यतया मुटुलाई करङ्गले ढाक्ने भएपनि उनको मामलामा भने मुटु फरक ठाउँमा छ।

उनको मुटुलाई एकदमै पातलो छालाले मात्र ढाकेको छ। उनको मुटुलाई बाहिरैबाट स्पष्ट देख्न सकिन्छ। डाक्टरहरुका अनुसार यस्तो अवस्थालाई ‘पेन्टालोगी अफ क्यान्ट्रेल” भनिन्छ।

यस प्रकारको शारीरिक दुर्बलता निक्कै नै कम व्यक्तिहरुमा हुने डाक्टरहरु बताउँछन्। यस्ता समस्या भएकाहरुमा करङ्ग र पेटको मांसपेशिहरू राम्रोसँग विकसित हुन सक्दैन। करङ्ग र पेटको मांसपेशिहरू राम्रोसँग विकसित नभएकै कारण गोनचारोभाको मुटु प्राकृतिक ठाउँ भन्दा अन्यत्र रहेको बताइन्छ।

रुसमा जन्मिएकी गोनचारोभा पछिल्लो समय अमेरिकामा छिन्। मुटु बाहिरै भएका कारण उनले विभिन्न कठिनता सहनु परिरहेको छ। उनको दैनिकी अन्य बालबालिकाहरु भन्दा फरक रहने गर्छ।

निक्कै नै दुर्लभ समस्याबाट ग्रसित उनले अहिले सम्म धेरै समय अस्पतालमा बिताइसकेकी छन्। तर पनि उनले हिम्मत भने हरेकी छैनन्। उच्च मनोवलका साथ उनी यस समस्यालाई कमजोरी बन्न नदिने बताउँछिन्।

“अक्सिजन लेभल कम हुँदा मलाई गार्हो हुन्छ। त्यससमयमा मलाई रिंगटा पनि लाग्छ। तर, मलाई सक्रिय रहन र आफ्ना साथीहरूसँग नाँच्न-गाउन मनपर्छ”,उनी भन्छिन्,”मेरो मुटु फरक छ, तर यसले मलाई पूर्ण रूपमा अद्वितीय बनाएको छ र मलाई त्यो मन पर्छ। म यस अवस्थालाई मेरो कमजोरी हुन दिने अवस्थामा छैन”

छोरी गोनचारोभाको विशेष अवस्थाका कारण उनकी आमा डारी अलिकति पनि विचलित छैनन्। गोनचारोभाको मुटु छोप्न मिल्ने उपचारको खोजिमा उनी छन्। त्यसैको लागि नै आफूहरु रुसबाट अमेरिका पुगेकी उनको भनाई छ।

आफ्नी छोरी लाखौंमा एक रहेको उनी बताउँछिन्। आफू गर्भवती हुँदा डाक्टरहरुले गोनचारोभाको गर्भमै अथवा जन्मिसकेपछि मृ-त्यु हुने बताएको उनी अझै पनि सम्झिन्छिन्। भगवानको कृपाले डाक्टरहरुको अनुमान गलत सावित हुन पुगेकोमा उनी ज्यादै खुशी छिन्।

“डाक्टरहरुले मेरो छोरी गर्भमै अथवा जन्मिसकेपछि म-र्छिन् भनेका थिए। तर, हेर्नुहोस् आज उ यति ठूलो भैसकी।”,डारी भन्छिन्,”उनी वास्तवमै एक चमत्कार हुन्।”

प्रकाशित : शनिबार, माघ ०३, २०७७१३:४१

बाठा भए बाँदर, महँगा सामान चिनेर चोर्न थाले !