जाडोको समयमा बजारमा पाइने विभिन्न खानेकुरा मध्ये बदाम पनि एउटा हो । बदाम हामी बजारमा सजिलैसँग पाउने गर्छौं । यो पौष्टिक तत्वयुक्त हुन्छ । त्यसैले यो स्वास्थ्यको लागि निकै लाभदायक छ । हामी बदामको भित्राको भाग खाने गर्छौं । यो खानको लागि मिठो हुने गर्छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्यालाई समाधान गर्न मद्धत पुर्याउँछ ।
बदामले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :
१) क्यान्सर हुनबाट बचाउँछ : बदाममा पाइने ‘फाईटोस्टेरोल’ नामक तत्वले शरीरमा अनावश्यक मासु पलाउन दिदैन । यसले गर्दा हामीलाई ट्युमर हुन पाउदैन । त्यसैले क्यान्सर हुने सम्भावना कम हुन्छ ।
२) तौल नियन्त्रण : खाली पेटमा बदाम खाने गरेमा पेट अगाउने गर्छ । यसले गर्दा हामी खाना कम खाने गर्छौं । जसले गर्दा हाम्रो शरीरमा अनावश्यक तौल लाग्दैन र तौल नियन्त्रित रुपमा हुन्छ ।
३) मधुमेहबाट जोगाउँछ : म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ ।
४) स्ट्रोकको खतराबाट जोगाउछ : बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ ।
५) डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस।
६) शिशुलाई स्वस्थ बनाउँछः बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ ।
७) कोलेस्ट्रोल नियन्त्रण : बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ ।