मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईको दिन सामाजिक प्रवृत्ति र मित्रसँग दौड-धूपमा बित्नेछ। धन खर्च हुनेछ। सरकारी काममा सफलता मिल्नेछ। वृद्द तथा पूजनीय व्यक्तिसँग भेट हुनेछ। टाढा रहने सन्तानको शुभ समाचार मिल्नेछ। अविवाहितको लागि विवाहको योग रहेको छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। पेसा गर्ने व्यक्तिको लागी दिन शुभ रहेको छ। आय वृद्धि वा पदोन्नतिको समाचार मिल्नेछ। सरकारी लाभ मिल्नेछ। गृहस्थ जीवनमा सुख शान्ति रहनेछ। उच्च पदाधिकारीको प्रोत्साहनले उत्साह बढाउनेछ। अधुरो कार्य पूर्ण हुनेछ। दाम्पत्यजीवनमा मधुरता आउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिनको सुरुवात प्रतिकूलताको सामना गर्नुपर्नेछ। शरीरमा स्फूर्तिको अभाव रहनेछ। परिणामस्वरूप निर्धारित काम पूरा हुनेछैन। मानसिक चिन्ताले व्यग्रता अनुभव गर्नुहुनेछ। उच्च पदाधिकारीसँग वाद- विवादमा नउत्रिनुहोला। प्रतिस्पर्धीबाट सचेत रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
क्रोध र नकारात्मक विचारले तपाईलाई मानसिक स्वस्थतामा समस्या पर्नेछ। खान-पानमा ध्यान राख्नुहोला। स्वास्थ्य खराब हुन सक्ला। कुटुम्बमा वाद-विवाद हुनेछ । खर्च वृद्धि हुनाले आर्थिक समस्या अनुभव हुनेछ। नयाँ कामको सुरुवात नगर्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दाम्पत्यजीवनमा मामूली कुरामा मनमुटाव हुनाले जीवनसाथीसँग मनमुटाव होला। श्रीमान-श्रीमत्ती दुवैमा स्वास्थ्य खराब हुन सक्ला। परिणामस्वरूप मन सांसारिक विषयमा अलिप्त रहनेछ। विपरीत लिंगीय व्यक्तिसँग भेट आनन्ददायक रहनेछैन।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
हरेक मामलामा अनुकूलताको अनुभव हुनेछ । घरमा सुख- शान्ति स्थापित हुनेछ जसकारण मन प्रसन्न रहनेछ। सुखप्रद घटना घट्नेछ। स्वास्थ्य राम्रो रहनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ प्राप्ति हुनेछ। कार्यक्षेत्रमा सबैको सहयोग मिल्नेछ। प्रतिस्पर्धिसँग चुनौती झेल्न सफलता मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बौद्धिक प्रवृत्ति र चर्चा अग्रिम स्थानमा रहनेछ। कल्पना र सिर्जनशक्तिको प्रगतिबाट सन्तोष अनुभव गर्नुहुनेछ। व्यर्थ वाद-विवाद वा चर्चामा नपर्नुहोला। स्वास्थ्यको मामलामा पाचनतन्त्रसँग सम्बन्धित समस्या रहनेछ। प्रिय व्यक्तिसँगको भेट सुखद रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ। वृद्दसँग अनबन हुनाले मन व्यथित रहनेछ। आमाको स्वास्थ्य खराब हुनेछ। आर्थिक नोक्सान र सार्वजनिक जीवनमा मानहानि हुनेछ। स्त्रीवर्ग तथा पानीबाट नोक्सान होला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
गूढ़ रहस्यमय विद्या र आध्यात्मिकताको प्रभाव तपाईमा विशेष रहनेछ। तपाईको मन शान्त र प्रसन्न रहनेछ। भाई-बहिनीसँग अधिक मेल-मिलाप रहनेछ। नयाँ कामको सुरुवात गर्नुहुनेछ। लघु यात्रा होला। भाग्य वृद्दिको अवसर मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बोलीमा ध्यान दिदा समस्याबाट बच्नुहुनेछ। कुटुम्बसँग भ्रम हुनाले मानसिक रूपले अस्वस्थता अनुभव गर्नुहुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला। मानसिक असन्तोषको अनुभव गर्नुहुनेछ। विद्यार्थीको अध्ययनमा मन लाग्नेछैन।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक र मानसिक रूपले स्वस्थता र ताजगीपूर्ण दिन हुनेछ। आर्थिक दृष्टिले दिन लाभदायी रहेको छ। आफन्त तथा मित्रसँग मिष्टान र सुरुचिपूर्ण भोजन गर्नुहुनेछ। चिन्तन शक्ति र आध्यात्मिक शक्तिको प्रभाव पर्नेछ। नकारात्मक विचारलाई टाढा राख्दा लाभ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनमा एकाग्रता अनुभव हुनेछ। परिणाम स्वरूप मानसिक व्यग्रताको अनुभव गर्नुहुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। आफन्तसँग टाढा हुनेछ। बोलिको कारण झगडा हुन सक्ला। अल्पकालीन लाभ लिने लालच भारी पार्नेछ।