“रोनाल्डो भन्दा लुकाकु बढी निर्णायक छन्, युभेन्टसले हारेको हेर्न चाहन्छु”

युभेन्टस र इन्टर मिलानको खेल अघि युभेन्टसका पूर्व खेलाडी रोबर्टो बोनेनसेग्नाले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन्। उनले अहिलेको समयमा इन्टरका रोमेलु लिकाकु रोनाल्डो भन्दा निर्णायक रहेको र रोनाल्डोको खेल स्तर घटेको टिप्पणी गरे।

रोनाल्डोले यस सिजन सरी ए मा १३ खेल्दै १५ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगमा ४ खेलमा ४ गोल गरेका छन्। त्यस्तै, लुकाकुले भने सबै प्रतियोगितामा २२ खेलमा १७ गोल गरेका छन्। सरी ए मा उनले १६ खेल खेल्दै १२ गोल गरेका छन्।

इन्टर र युभेन्टस दुबै क्लबका लागि खेलिसकेका बोनेनसेग्ना अहिलेको समयमा रोनाल्डोको खेल स्तर घट्ने समयमा रहेको बताउँछन्। उनले मार्का मार्फत टुटो युभेलाई भने: “फिओरेन्टीना रक्षापङ्क्तिको लागि सबैभन्दा खतरनाक इन्टरका एक मात्र खेलाडी भनेको रोमलु लुकाकु थिए।”

“क्रिस्टियानो र लुकाकु निकै उत्कृष्ट खेलाडी हुन्। मलाई लाग्छ लुकाकु बढी निर्णायक छन् र यो निर्विवादित कुरा हो,” उनले भने। “क्रिस्टियानो रोनाल्डो एक महान खेलाडी थिए, तर उनको खेल थोरै खस्कदै छ।”

आइतबार रातिको खेलमा युभेन्टसलाई पराजित गर्दै इन्टर विजयी भएको आफूले हेर्न चाहेको कुरा पनि बोनेनसेग्नाले व्यक्त गरे।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१८:२३

मेस्सी माथि ४ खेलको प्रतिबन्ध लाग्न सक्ने