बिहान यी चीज नखाएकै राम्रो, स्वास्थ्यको लागि हुन्छ खतरनाक !

स्वस्थ र फिट रहनको लागि ब्रेकफास्ट गर्नु महत्त्वपूर्ण हुन्छ, तर हामी खाजामा के खान्छौं भन्नेमा पनि धेरै कुरा निर्भर गर्छ। बिहानको खाजामा केहि चीजहरूको सेवन गर्नाले शरीरलाई नोक्सान पनि पुर्‍याउँन सक्छ। आज हामी तपाईंलाई नास्तामा के चीजहरू समावेश गर्नु हुँदैन भन्ने कुरा बताउँछौं। बिहानको खाजामा यी चीजहरू खाँदा पाचन प्रणाली कमजोर हुनुका साथै अन्य विभिन्न समस्याले सताउन सक्छ।

केरा 

केरा स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ, तर केरा बिहानको खाजामा समावेश गर्नु हुँदैन। खाली पेटमा केराको सेवन हानिकारक हुनसक्छ। खाली पेटमा केराको सेवनले रगतमा म्याग्नेशियम र पोटाशियमको स्तर असंतुलित हुनसक्छ।

अमिलो फल 

बिहानको खाजामा अमिलो फलफूल पनि समावेश गर्नु हुँदैन। खाली पेट अमिलो फलहरू सेवन गर्नाले ग्यासको समस्या निम्त्याउन सक्छ।

चिया 

चिया पनि खाली पेटमा सेवन गर्नु हुँदैन। खाली पेटमा चियाको सेवन हानिकारक साबित हुनसक्छ। बिहानको खाजामा चिया खाँदा एसिडिटी वा अपच हुनसक्छ।

दही, पनीर वा मही 

दही, पनीर र मही पनि खाली पेटमा सेवन गर्नु हुँदैन। बिहानको खाजामा दही, पनीर र मही समावेश नगर्नुहोस्।

टमाटर 

टमाटर स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ, तर टमाटर खाली पेटमा सेवन गर्नु हुँदैन। खाली पेटमा टमाटरको सेवन गर्नाले ग्यासको समस्या हुनसक्छ।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१८:३१

जाडोमा तातोपानीले नुहाउनेहरु सावधान रहनुस् ! यी १० गल्ती गर्नबाट पनि बच्नुहोला