“ओली दुङ-दुङ्ती गनाएर बालुवाटार गइसक्नु छैन”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन्। नेता रावलले राजधानीमा आयोजित एक भेलालाई सम्बोधन गर्नेक्रममा यस्तो बताएका हुन्।

आइतबार प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धुँदा-धुँदा बिधिका डल्ला नै सकिएको टिप्पणी गरे।

ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको उनको भनाई छ। ओलीलाई धुँदा विधि र नीति सकिएको र अहिले ओली गन्हाएर बालुवाटार ओरिपरि गैइनसक्नु भएको उनले बताए।

“ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन् ।”,उनले भने।

यस्तै नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाएका छन्। ओली पार्टीको सिद्धान्तबाट भागेका कारण अहिलेको अवस्था आएको उनले बताए।


“ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको हो”

प्रकाशित : आइतबार, माघ ०४, २०७७१६:३५

“एकपटक लाठी खान मन छ”