यात्रा गर्दा बान्ता आउने समस्या सामान्य हो। थुप्रै मानिस यस समस्याबाट छुटकारा पाउन चाहन्छन्। धेरै लामो यात्रा गर्ने बानी नपरेका मानिसलाई यो समस्या धेरै हुन्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि थुप्रै घरेलु उपचार असरदार हुन्छ। जान्नुहोस् यस्ता उपायका बारेमा….
ज्वानो

ज्वानो बान्ता कम गर्न धेरै प्रभावकारी हुन्छ। यसलाई कपुर र पुदिनाको फूलसँग राम्रोसँग मिक्स गर्नुहोस्। त्यसपछि यसलाई एउटा गिलासको बोतलमा भर्नुहोस् र यसलाई केहि समयको लागि घाममा राख्नुहोस्। यसो गर्नाले यो पग्लन्छ र रस बन्छ। जब तपाईं यात्रा गर्नुहुन्छ यसको ३-४ रथोपा पिउनुहोस्। बान्ता आउने समस्याबाट छुटकारा पाउन सकिन्छ।
कागती

जब तपाईं यात्राको लागि जानुहुन्छ, पाकेको कागती आफूसँगै राख्नुहोस्। यात्राको क्रममा बान्ता आउला जस्तो हुने बित्तिक्कै कागती छिलेर यसको गन्ध सुघ्नुहोस्। यो गर्नाले बान्ता हुने छैन।
अदुवा

यात्रा गर्दा अदुवाको एक टुक्रा चुस्दा पनि बान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ। यात्रा गर्नु १० मिनेटअघि एउटा अदुवाको टुक्रा चुस्नुहोस्, तर ख्याल राख्नुहोस् कि काँचो अदुवा खानु हुँदैन। काँचो अदुवा खाँदा पेटको ताप बढ्न सक्छ।
तुलसी

तुलसी पात बान्ता रोक्नको लागि एक असरदार उपाय हो। यात्रा गर्दा तपाईंलाई बान्ता आउला जस्तो भयो भने तुरन्त तुलसीको ४-५ पात चपाउनुहोस्।

