आज माघ ५ गते सोमबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

धार्मिक र आध्यात्मिक प्रवृत्ति विशेष रहनेछ। मनमा द्विधा रहनाले ठोस निर्णय लिनुहुने छैन। पैसाको लेन-देन वा आर्थिक व्यवहार नगर्नुहोला।  शारीरिक र मानसिक बेचैनी अनुभव गर्नुहुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। विदेशमा बस्ने आफन्तको समाचार मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापारमा वृद्धि हुनुको साथसाथै सम्बन्ध लाभदायक रहनेछ। आय   साधना वृद्दि हुनेछ। वृद्द तथा मित्र मण्डलको तर्फबाट लाभ हुनेछ।दाम्पत्यजीवनमा सन्तोष र आनन्द रहनेछ। पर्यटनको आयोजन हुनेछ। महिला वर्गको तर्फबाट लाभ र मान- सम्मान हुनेछ। वैवाहिक योग रहेको छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक र मानसिक सुख बनिरहनेछ। पेसा – व्यवसायमा तपाईको परिश्रमको फल मिल्नेछ। अधिकारी वर्गको प्रोत्साहनबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। कुटुम्बिक माहोल आनन्दमे रहनेछ।पिताबाट लाभ मिल्नेछ। सरकारी कार्य पूर्ण भएको सरलता रहनेछ। दाम्पत्यजीवनमा सुख र आनन्द अनुभव गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाग्य वृद्धिको साथसाथै आकस्मिक धन लाभ हुनेछ। विदेश जाने  इच्छुक मान्छेको प्रयास सफल रहनेछ। विदेशबाट राम्रो समाचार मिल्नेछ। धार्मिक कार्य वा यात्रामा खर्च हुनेछ। पारिवारिक सदस्य र पदाधिकारीसँग  सुखमय दिन बित्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यको ध्यान राख्नुहोला। स्वास्थ्यमा पैसा खर्च हुनेछ। निषेधात्मक विचारले तपाईलाई गलत मार्गमा लान सक्ला। पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ । अनैतिक कार्यले  बदनाम हुने योग रहेको छ। इष्टदेवको नाम स्मरण र आध्यात्मिक विचारले तपाईलाई सच्चा मार्गदर्शन गर्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दाम्पत्यजीवनको सुखद क्षण अनुभव गर्नुहुनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा  ख्याति र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ। मनोरंजन प्रवृत्तिमा भाग लिनुहुनेछ। विपरीत लिंगीय व्यक्तिसँग परिचय प्रणयमा परिवर्तित हुनेछ । धन लाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामान्य रूपले स्वास्थ्य राम्रो रहनेछ र बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। घरमा सुख-शान्ति वातावरणमा समय व्यतीत गर्नुहुनेछ। कार्यमा सफलता र यश  बढ्नेछ।  पेसामा  लाभदायक समाचार मिल्नेछ। स्त्रीसँग भेट हुनेछ। विरोधि र प्रतिस्पर्धिको पराजय हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनुहुनेछ। सन्तानको सम्बन्धमा समस्या खडा हुनेछ। स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। यधपी वित्तीय आयोजनको लागि समय राम्रो रहेको छ । बौद्धिक चर्चा वा  वाद-विवादमा भाग नलिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अत्यधिक संवेदनशीलताको कारण र घरेलू मामलालाई लिएर मानसिक तनाव  खडा हुनेछ। स्वास्थ्यको सम्बन्धमा दिन राम्रो रहेको छैन। आमाको स्वास्थ्यको सम्बन्धमा ध्यान राख्नुहोला। आमाको स्वास्थ्यको सम्बन्धमा ध्यान राख्नु पर्नेछ। अनिन्द्राले सताउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कार्य आरम्भको लागि तयार रहनुहोला। हरेक कार्य तन-मनबाट  स्वस्थ रहेर गर्नुहोला। व्यपार-धन्दामा लाभ हुनेछ। मित्र ,आफन्त र  भाई-बहिनीसँग मेलमिलाप रहनेछ। मनको उलझन हल हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनमा दुविधा खडा हुनेछ। महत्त्वपूर्ण निर्णय नलिनुहोला। पारिवारिक सदस्यसँग मनमुटाव होला। धार्मिक कार्यमा खर्च हुनेछ। स्वास्थ्य खराब  हुनेछ। विद्यार्थीको लागि मध्यम दिन रहेको छ।  नकारात्मक विचारलाई टाढा राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आनन्द – उत्साह र तन-मनको प्रसन्नताले चेतना र स्फूर्ति संचार गर्नेछ। नयाँ कार्य हातमा लिदा सफलता मिल्नेछ। धार्मिक मांगलिक प्रसंगमा जानुहुनेछ। मनमा कुनै निर्णय लिदा दुविधा अनुभव गर्ने स्थितिमा निर्णय स्थगित गर्नुहोला। परिवारसँग मिष्टान्न भोजनको आनन्द लिनुहोला।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१८:०९

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन