“एकपटक लाठी खान मन छ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन विरुद्ध कडा आन्दोलन गर्न पार्टीका युवा कार्यकर्ता तथा नेताहरुलाई निर्देशन दिएका छन्।

राजधानीमा आफू पक्षीय अनेरास्ववयूको भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम विरुद्ध कडा आन्दोलन गर्न विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

आक्रामक आन्दोलन गर्न निर्देशन दिँदै प्रचण्डले आन्दोलनको अग्रमोर्चामा रहन आफू तयार रहेको प्रचण्डको भनाई छ। ओलीका कदम विरुद्ध भएका पछिल्ला कदमहरु फिका देखिएको सङ्केत गर्दै प्रचण्डले थप आक्रामक हुनुपर्ने अवस्था आएको बताए।

“शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो ।प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो ।”,प्रचण्डले भने। प्रतिगमनविरुद्ध जस्तो सुकै कदम चाल्न आफू तयार रहेको भन्दै प्रचण्डले लाठी खान पनि पछि नपर्ने बताए।

प्रचण्डले भने,”टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ।”

यस अगाडी प्रचण्डले आइतबार नै केपी शर्मा ओलीलाई प्रधानमन्त्री जनताले नभई आफूहरुले बनाएको बताएका थिए। आइतबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओलीलाई जनताले नभई आफूहरुले प्रधानमन्त्री बनाएको बताएका थिए।

“तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो।”,प्रचण्डले भनेका थिए।

“ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको हो”

प्रकाशित : आइतबार, माघ ०४, २०७७१७:२७

आज माघ ५ गते सोमबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !