महिलाका यी बानीले ल्याउन सक्छ सम्बन्धमा फाटो !

विवाह गर्नु कुनै बच्चा-बच्चीको खेल हैन। तपाईं पहिले विवाहको लागि तयार हुनुपर्छ। प्रेम विवाह होस् या मागी विवाह, तपाईंले आफ्नो हुनेवाला जीवनसाथीको बानी व्यवहार बुझ्नु निकै महत्वपूर्ण हुन्छ किनकि तपाईंले आफ्नो बाँकी पूरा जीवन त्यहि व्यक्तिसँग बिताउनु छ।

यदि जीवनसाथीको स्वभाव राम्रो छ भने त विवाह सफल हुन्छ तर यदि केहि खराब बानी छ भने उक्त सम्बन्ध धेरै नटिक्न पनि सक्छ। आज हामी तपाईंलाई महिलाका केहि यस्ता बनीको बारेमा बताउँछौं जसको कारण सम्बन्ध राम्रो हुन् सक्दैन।

स्वार्थीपन 

कतिपय केटीहरू स्वभावैले स्वार्थी हुन्छन्। यदि तिनीहरू समयको साथ परिवर्तन भए भने त धेरै राम्रो कुरा हो। तर यदि यस्तो हुन सकेन भने यो ठूलो चिन्ताको विषय बन्नसक्छ, किनकि यस्ता केटीहरूले आफैंको बारेमा मात्र सोच्छन्। उनीहरुलाई आफ्ना परिवारका सदस्यको पनि कुनै मतलब हुँदैन।

भौतिक चीजप्रति आकर्षण 

कतिपय केटीहरू वास्तविकतालाई बेवास्ता गर्दै भौतिक चीजहरूको बारेमा बढी सोच्दछन्। उनीहरुका सबै सपना र चाहना पनि भौतिक चीजहरू वरिपरि घुम्छन्। त्यस्ता केटीहरूले वास्तविकता बुझ्दैनन्। उनीहरुक यहि बानी सम्बन्धमा समस्याको कारण बन्नसक्छ।

इर्ष्याको भावना 

कतिपय महिला स्वभावले इर्ष्यालु हुन्छन्। यस्ता महिला अरुको इर्ष्या त गर्छन् नै तर समयसँगै आफ्नो जीवनसाथीलाई आफ्नो दबाबमा राख्न कोसिस गर्छन्। घरका अन्य सदस्यसँग मिल्न नसक्ने र डाहा गर्ने व्यवहारले सम्बन्धमा विभिन्न समस्या उत्पन्न गर्छ।

दुखको भावना मनमै राख्ने 

धेरै केटीहरू यस्ता पनि हुन्छन् जसले साना-साना समस्याहरूलाई पनि यसरी प्रतिक्रिया गर्छन् कि उनीहरूमाथि दुखको पहाड थुप्रेको छ। उनीहरु यस्ता समस्यालाई मनमा राखेर बारम्बार सम्झिरहन्छन्। यस्ता केटीहरू आफू जीवनमा अगाडि बढ्न सक्षम हुँदैनन् नै तर आफ्नो जीवनसाथीलाई पनि अगाडी बढ्न रोक्छन्। यस्तो स्वभावले पनि सम्बन्धमा थुप्रै समस्या आउनसक्छ।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१८:२०

यस्ता पाँच बानीले तपाईंको जीवन नै सत्यानाश गर्न सक्छ, आजैबाट छोड्दिनुहोस् !