निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो !

काठमाडौँ – माघ महिना लागेसँगै आरालो लाग्न थालेको सुनको मूल्य सोमबार पनि घटेको छ। सोमबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार १ सय कायम भएको छ।

यस अगाडी छापावा सुन सुनको मूल्य माघ १ गते ९२ हजार १ सय, माघ २ गते ९२ हजार ५ सय र माघ ४ गते ९१ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन सुनको मूल्य माघ १ गते ९१ हजार ६ सय, माघ २ गते ९२ हजार र माघ ४ गते ९१ हजार ३ सयमा कारोबार भएको थियो।

पुस महिनाको अन्तिम दिन ९२ हजार ८ सयमा कारोबार भएको सुन माघ ५ गते सम्म आइपुग्दा १ हजार ३ सय रुपैंयाले सस्तो भइसकेको छ। सुनको मूल्य माघ १ गते तोलामा ८ सयले घटेको थियो भने माघ २ गते तोलामा ३ सयले बढेको थियो। त्यस्तै सुनको मूल्य ४ गते तोलामा ७ सयले घटेको थियो।

आइतबार कायम भएको सुनको मूल्य ४७ दिन यताकै कम रहेको छ। मङ्सिर १७ गते प्रतितोला ९१ हजारमा कारोबार भएपश्चात सुनको आज जति सस्तो कुनै पनि दिन भएको थिएन।

चाँदीको मूल्य

सोमबार चाँदीको मूल्यमा भने कुनै पनि घटबढ भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदी १ हजार २ सय ३ रुपैंयामा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, माघ ०५, २०७७११:१६

हातमा दही जमाएर नबस्ने बाबुरामको चेतवानी !