मेस्सी माथि ४ खेलको प्रतिबन्ध लाग्न सक्ने

गयराती भएको स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिको बिल्बावोसँगको खेलमा रातो कार्ड पाएका बार्सिलोनाका कप्तान लियोनल मेस्सी माथि ४ खेलको प्रतिबन्ध लाग्न सक्ने भएको छ। बिल्बावोसँग ३ का विरुद्ध २ गोलले हार व्यहोरेको खेलमा मेस्सीले खेलको १२० औं मिनेटमा रातो कार्ड पाएका थिए।

मेस्सीले बार्सिलोनाको खेल जीवनमा रातो कार्ड पाएको यो पहिलो पटक हो। उनले बार्सिलोनाका लागि ७५३ खेल खेलिसकेका छन्। दुई पटक अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो। हारपछि बार्साका प्रशिक्षकले मेस्सीको पक्षमा बोल्दै मेस्सीले गरेको व्यवहार आफूले बुझ्ने बताएका छन्।

“मेस्सीले के गरे भनेर म बुझ्न सक्छु,” कोमनले भने। “उनीहरुले मेस्सीलाई धेरै पटक फल गरे। खुट्टामा बल लिएर ड्रीबल गर्न खोज्दा पटक पटक फल गर्दा यस्तो प्रतिक्रिया आउनु सामान्य हो, तर मैले उक्त घटनालाई फेरी राम्रोसँग हेर्नुपर्छ।”

मेस्सी अब दुई खेलको लागि निलम्बन हुने पक्का छ, तर रोयल स्पेनिश फुटबल महासंघको प्रतियोगिता समिति यस हप्ताको भेलामा प्रतिबन्ध डबल पनि हुनसक्छ। ३३ वर्षीय अर्जेन्टिनी कप्तानले कोपा डेल रेमा कोर्नेल्लासँगको खेल र एल्चेसँगको ललिगा खेल गुमाउने छन्।

त्यस्तै, ४ खेलको प्रतिबन्ध लागेमा उनले बार्सिलोनाको कोपा डेल रेको अघिल्लो चरणको खेल (कोर्नेल्लासँगको खेल जितेको खण्डमा) र जनावरी ३१ मा बिल्बावोसँगको लालिगा खेल पनि गुमाउने छन्।

प्रकाशित : सोमबार, माघ ०५, २०७७११:३२

फोरफोरटुले निकाल्यो फुटबल इतिहासकै सर्वश्रेष्ठ ५० खेलाडीको सूची, को नम्बर १ ?