जाडो मौसम आउनेबित्तिकै हाम्रो शरीरको मिजाज बदल्न लाग्छ। यतिबेला फ्लु र इन्फेक्सन फैलने खतरा पनि बढ्छ। शायद यहीँ कारण मानिस यस सिजनमा धेरै बिरामी हुन्छन्। तात्तातो चियाकफी, न्यानो कपडा र तातो पानी यस मौसममा सबैभन्दा बढी आवश्यक मानिन्छ। तर के तपाईलाई थाहा छ यी सबै चिज हामो शरीरका लागि कति नोक्सानदायक साबित हुन् सक्छ।
लामो समयसम्म तातोपानीले नुहाउने – विज्ञहरुका अनुसार जाडो मौसममा लामो समयसम्म तातो पानीले नुहाउनु स्वास्थ्यको लागि राम्रो मानिदैन। यसले हाम्रो शरीर र दिमाग दुवैमा खराब असर पर्छ। तातो पानीले केराटिन नामक स्किन सेल्सलाई ड्यामेज गर्छ, जसले गर्दा त्वचा चिलाउने, छाला सुख्खा हुने र रैशेस(Rashes) को समस्या बढ्छ।
अत्यन्तै धेरै कपडा : चिसो मौसममा स्वयमलाई न्यानो राख्नु राम्रो कुरा हो, तर अत्यन्तै धेरै कपडा लगाउनबाट बच्नुपर्छ। धेरै लुगा लगाउँदा तपाईको बडी ओवरहिटिङको शिकार हुन् सक्छ। चिसोमा हाम्रो इम्युन सिस्टमले व्हाइट ब्लड सेल्स(WBC) प्रोड्युस गर्छ, जसले इन्फेक्सन र अन्य विविध बिमारीहरुबाट हामीलाई सुरक्षा दिन्छ। जबकि बडी ओवरहिट हुँदा इम्युन सिस्टमले आफ्नो काम गर्न पाउँदैन्।
धेरै खाना – चिसो मौसममा मानिसको खुराक अचानक बढ्छ र उनीहरु आफ्नो स्वास्थ्यको पर्वाह नगरी जे पनि खान थाल्छन्। चिसोमा शरीरको क्यालोरी निकै धेरै खर्च हुन्छ, जसको भरपाई हामी हट चकलेट या एक्स्ट्रा क्यालोरी वाला फुडबाट गर्न लाग्छौँ। यस्तो समयमा भोक लागेको बेला सिर्फ फाइबर वाला सब्जी या फल खानुपर्छ।
क्याफिन – चिसो मौसममा चिया र कफी पिएर शरीरलाई न्यानो राख्नु राम्रो हो। तर शायद तपाईलाई यो कुरा थाहा छैन होलाधेरै क्याफिन शरीरको लागि नोक्सानदायक हुन्छ। दिनभरमा २ या ३ कपभन्दा बढी कफी पिउन हुन्न।
कम पानी पिउनु – चिसोमा मानिसलाई कमै प्यास लाग्छ। तर यसको मतलब यो बिल्कुलै हैन कि चिसोमा शरीरलाई पानीको आवश्यकता पर्दैन। युरिनेशन, डायजेशन र पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर आउँछ। यस्तो बेला पानी धेरै नपिउँदा डिहाइड्रेसन हुन् लाग्छ। यसले किड्नी र डायजेशनमा समस्या बढ्छ।
सुत्नु अघि के गर्ने ? – एक अध्ययन अनुसार राति सुत्नु अघि हात र खुट्टामा ग्लोव्स र मोजा लगाउँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। स्लिपिङ क्वालिटी इम्प्रुव गर्नको लागि यो उपाय निकै फाइदाजनक मानिन्छ।
बेडटाइम रुटिन – यस मौसममा दिन छोटो हुन्छ र रात लामो हुन्छ। यस्तो दिनचर्याले सिर्काडियन साइकल डिस्टर्ब हुनुको साथै शरीरमा मेटालोनिन हर्मोन(निन्द्रा लाग्ने हर्मोन) को प्रोडक्सन पनि बढ्छ। यसले दिनमा बेला-बेलामा हाई आउने, निन्द्रा लाग्ने, सुस्तता बढ्ने हुन्छ। यसकारण स्लिपिङ टाइममा नै राम्रोसँग निन्द्रा पूरा गर्ने कोसिस गर्नुहोला।
बाहिर जान बन्द – चिसो मौसममा धेरैजसो मानिसहरु चिसोबाट बच्नको लागि घरबाट कमै बाहिर निस्कन्छन्। यसो गर्दा स्वास्थ्यमा धेरै असर पर्छ। घर भित्रै बसिरहँदा तपाई शारीरिक रुपमा एकदमै निष्क्रिय बन्नुहुनेछ। मोटोपन बढ्नेछ र सूर्यको किरणबाट प्राप्त हुने भिटामिन-डी पनि पर्याप्त मात्रामा मिल्दैन।
एक्सरसाइज – चिसोमा तापमान कम हुने कारण मानिस ओच्छ्यानमै बस्न धेरै रुचाउँछन्। शारीरिक रुपमा निष्क्रिय हुँदा हाम्रो इम्युन सिस्टम सुस्त हुन्छ। यसकारण घरभित्रै बसिरहनुको सट्टा साइक्लिङ, वर्किङ या कुनै पनि वर्कआउट तुरुन्तै सुरु गर्नुहोला।
सेल्फ मेडिकेशन – यस मौसममा मानिसहरुलाई प्राय: रुघा-खोकी, ज्वरो लगायतका समस्याहरु हुन्छ। यस्तो बेलामा डाक्टरसँग परामर्श नलिई सेल्फ मेडिकेशन गर्दा खतरानाक हुन् सक्छ। ती कुनै गम्भीर रोगको लक्षण पनि हुन् सक्छ। यसकारण कुनै पनि औषधी लिनुअघि डाक्टरको सल्लाह लिनुहोला।