हातमा दही जमाएर नबस्ने बाबुरामको चेतवानी !

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाले पार्टीले कारवाही नगरेको भन्दै आपत्ति जनाएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसद विघटन गरेर व्यवस्था माथि नै धावा बोल्ने ओलीलाई नेकपाले कारवाही नगरेको भन्दै आपत्ति जनाएका हुन्।

काठमाडौँमा सोमबार बिहानै आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पार्टीबाट ननिकालेको देख्दा शंका लागेको बताए।

प्रचण्ड र माधव नेपालले कित्ता क्लियर गर्न नसकेको उनको आरोप छ। नेकपाका नेताहरुमा अझै पनि सत्ताकै लोभमा अल्मलिरहेको भन्दै भट्टराईले आफ्नो पार्टी र नेपाली कांग्रेसले विश्वास गर्न नसकिरहेको बताए।

“केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न? तपाईंहरूले कित्ता क्लियर गर्नुस्। तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ।”,भट्टराईले भने।

विशेष गरेर प्रचण्डमा बोलिको भर गर्न सकिने अवस्था नरहेको पनि भट्टराईले बताएका छन्। प्रचण्ड बिहान बोलेको बेलुका बिर्सने व्यक्ति रहेको भट्टराईको आरोप छ। भट्टराईले भने,”प्रचण्डको भर छैन, बिहान बोलेको बेलुकी सम्झनुहुन्न”

यस्तै भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना नभए चुप लागेर नबस्ने पनि बताएका छन्। सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए आफूहरु हातमा दही जमाएर नबस्ने भट्टराईको चेतवानी छ।

“हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने। बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं।”,उनले भने।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१२:४३

बेलायतबाट काठमाडौं आएका तीन जनामा देखियो नयाँ प्रजातिको कोरोना !