अर्जेन्टिनी दिग्गज फुटबल खेलाडी डिएगो माराडोनालाई पेले, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा अगाडि फुटबल इतिहास कै सर्वश्रेष्ठ फुटबलरका रूपमा नामित गरिएको छ। सन् २०२० मा हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाको क्लब र देश दुबै करियर उत्कृष्ट रह्यो।

माराडोनाले न्यापोलीका लागि दुई सेरी ए, कोपा इटालिया, इटालियन सुपर कप र युईएफए कप जिते भने बार्सिलोनाका लागि कोपा डेल रे र स्पेनिश सुपर कप जितेका छन्। त्यस्तै, अन्तराष्ट्रिय फुटबलमा म्याराडोनाले अर्जेन्टिनालाई १९८६ को विश्वकप पनि जिताए।

फोरफोरटुले १९८६ विश्व कपमा आइकनिक पूर्व फुटबलरको कारनामा प्रकाश पार्दै यस सूचीको १ नम्बरमा रहेको छ। फुटबल म्यागजिनले यस्तो लेख्यो: “पूर्वस्थितिमा र सत्यमा भन्ने हो भने, उनका अधिकांश [अर्जेन्टिना] टीमका सदस्यहरू विश्वकप जित्न सायदै पर्याप्त थिए।” “व्याक्तिगत प्रतिभाको बलमा विश्वकप न आजसम्म कसैले जिताउन सकेको छ न अब पनि कसैले सक्नेछ।”

फोरफोरटुले निकालेको सूची अनुसार फुटबल इतिहासका सर्वाश्रेष्ठ ५० खेलाडी
५०. जाभी
४९. निल्टन सन्तोस
४८. माइकल लाउड्रप

४७. रिभेलिनो
४६. जुआन अल्बर्टो शियाफिनो
४५. ओलेग ब्लोखेन

४४. वाल्डर पेरेरा
४३. फ्रिट्ज वाल्टर
४२. मथाइज सिन्डेलर

४१. जियानलुइजी बुफोन
४०. केन्नी डलग्लिस
३९. नान्डोर हिडेगकुटी

३८. जियानी रिभेरा
३७. रुड गुलिट
३६. पाको गेन्टो

३५. लुइस सुआरेज(जन्म: १९३५)
३४. स्ट्यान्ली म्याथुज
३३. गुन्टर नेट्जर

३२. पाओलो रोसी
३१. जुआन मानुएल मोरेनो
३०. लोथर माथाउस

२९. रेमण्ड कोपा
२८. सोक्रेट्स
२७. बबी मुरे

२६. भ्यालेन्टिनो मज्जोला
२५. कार्लोस अल्बर्टो टोरेज
२४. रोनाल्डिन्हो

२३. इयुसेबियो
२२. लेभ यासिन
२१. रोमारियो

२०. पओलो माल्दिनी
१९. बबी चाल्टन
१८. जिउसेपे मेज्जा

१७. गर्ड मुलर
१६. जिको
१५. फ्रान्को बरेसी

१४. जर्ज बेस्ट
१३. मार्को भान बास्टेन
१२. मिचेल प्लाटिनी

११. गरिन्चा
१०. रोनाल्डो नाजारियो
९. फेरेन्क पुस्कास

८. जिनेदान जिदान
७. फ्रान्क बेकनबौर
६. अल्फ्रेडो डी स्टेफेनो

५. क्रिस्टियानो रोनाल्डो
४. जोहान क्रुएफ
३. पेले

२. लियोनल मेस्सी
१. डिएगो म्याराडोना

