अहिलेसम्म तपाईले पनीर खाँदा एउटै तरिकाले बनाएको खानुभएको होला। आज हामी तपाईलाई पनीरको एक नयाँ डिश बताउँछौ। जो मान्छेलाई पनीर मनपर्छ ,उसलाई यस रेसिपीको स्वाद निकै मनपर्नेछ । यस रेसिपीको नाम हो टोम्याटो पनीर ।
टोम्याटो पनीर रेसिपीको सामग्री
– ३ ओटा प्याज
– आवश्यकतानुसार नुन
– ४ कप पिसेको टोम्याटोको पेस्ट
– आधा चम्चा अदुवाको पेस्ट
– ४०० ग्राम पनीर
– आवश्यकतानुसार मरिच
– चार ओटा हरियो खुर्सानी
विधि:
सबैभन्दा पहिला पनीर सानोसानो टुक्रा काटेर राख्नुहोला। धनिया,प्याज र हरियो खुर्सानी काटेर अलगअलग राख्नुहोला। एउटा ठुलो भाडामा पानी उमालेर नुन हाल्नुहोला र काटेको पनीर हाल्नुहोला अनि १० मिनेटपछि पानीबाट निक्लिनुहोला।
यसरी पनीर सफ्ट हुन्छ। ठिक्क तातोमा ग्याँसमा प्यान राख्नुहोला र त्यसमा बटर हालुहोला। त्यसमा प्याज र हरियो खुर्सानी र हल्का ब्राउन हुँदासम्म भुट्नुहोला।
गोलभेडाको पेस्ट र एकदम सानो ग्यासमा पकाउनुहोला। त्यसपछि अदुवा -लसुन र पिसेको मरिच हाल्नुहोला र ढाकेर १० मिनेटसम्म पकाउनुहोला। मरिच र नुन हालेर २-३ मिनेटसम्म पकाउनुहोला। पनीरको टुक्रा हालेर मिक्स गर्नुहोला र केहि समयसम्म पकाउनुहोला। त्यसपछि काटेको धनिया हाल्नुहोला।