यसरी घरमै बनाउनुहोस् ‘टोम्याटो पनीर’ !

अहिलेसम्म तपाईले पनीर खाँदा एउटै तरिकाले बनाएको  खानुभएको होला। आज हामी तपाईलाई  पनीरको एक नयाँ  ड‍िश बताउँछौ। जो मान्छेलाई  पनीर मनपर्छ ,उसलाई  यस रेसिपीको स्वाद  निकै मनपर्नेछ । यस रेसिपीको नाम हो  टोम्याटो पनीर ।

टोम्याटो पनीर रेसिपीको सामग्री

– ३ ओटा प्याज

– आवश्यकतानुसार नुन

– ४ कप पिसेको टोम्याटोको  पेस्ट

– आधा चम्चा अदुवाको  पेस्ट

– ४००  ग्राम पनीर

– आवश्यकतानुसार मरिच

– चार  ओटा हरियो खुर्सानी

व‍िध‍ि:

सबैभन्दा पहिला पनीर सानोसानो टुक्रा काटेर राख्नुहोला। धनिया,प्याज र हरियो खुर्सानी काटेर अलगअलग राख्नुहोला। एउटा ठुलो भाडामा पानी उमालेर नुन हाल्नुहोला र काटेको पनीर हाल्नुहोला अनि १० मिनेटपछि  पानीबाट निक्लिनुहोला।

यसरी पनीर सफ्ट हुन्छ।  ठिक्क तातोमा  ग्याँसमा प्यान राख्नुहोला र त्यसमा बटर हालुहोला। त्यसमा प्याज र हरियो खुर्सानी र हल्का ब्राउन हुँदासम्म भुट्नुहोला।

गोलभेडाको पेस्ट र एकदम सानो ग्यासमा पकाउनुहोला। त्यसपछि अदुवा -लसुन र पिसेको  मरिच हाल्नुहोला र ढाकेर १० मिनेटसम्म पकाउनुहोला। मरिच र नुन हालेर २-३ मिनेटसम्म पकाउनुहोला। पनीरको टुक्रा हालेर मिक्स गर्नुहोला र केहि समयसम्म पकाउनुहोला। त्यसपछि काटेको धनिया हाल्नुहोला।

 

 

प्रकाशित : सोमबार, माघ ०५, २०७७१९:१०

भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली !