शास्त्र तथा धर्म-पुराणमा यस्ता केही चीजहरु उधारो लिनु र दान गर्नु समस्या निम्त्याउनु सरह हुने कुरा उल्लेख छ। आज हामी तपाईलाई ती चीजहरुका बारेमा बताउनेछौँ जुन उधारो लिनु पनि हुन्न र दानमा दिनु पनि हुन्न।
पेन
शास्त्रका अनुसार चित्रगुप्त मनुष्यका कर्म लेख्छन्। चित्रगुप्त आफ्नो लेखनीले हाम्रो जीवनमा आउने समस्या या खुशीका खाका तयार गरिरहेका हुन्छन्। यसकारण जीवनमा कलमको धेरै महत्व छ। वेदको अनुसार आफ्नो कलम कसैसँग शेयर गर्नुहुन्न र अरु कसैको कलम लिनु पनि हुन्न। त्यसो गर्दा आफ्नो प्रगतिमा बाधा आउन सक्छ।
घडी
धेरैजसो मानिस घडी आदानप्रदान गर्छन् र साथै साटासाट गरेर पनि लगाउँछन्। तर याद गर्नुहोला यसो गर्दा तपाईलाई मुश्किल बढ्न सक्छ। यसकारण कहिले पनि कुनै दोस्रो व्यक्तिलाई आफ्नो घडी लगाउन नदिनुहोला। घडीलाई व्यक्तिको जीवनको समयसँग जोडेर हेरिन्छ। जसकारण अरु कसैको घडी आफ्नो नाडीमा बाँध्दा तपाईको प्रोफेशनल लाइफमा समस्या आउन सक्छ। यदि तपाईको राम्रो समय चलिरहेको छ भने जसले तपाईको घडी लगाएको हो त्यसको समय राम्रो हुनेछ। र यदि घडीको मालिकको खराब समय चलिरहेको छ भने तपाईको पनि खराब समय चल्नेछ। यसकारण अरुको घडी लिन र अरुलाई घडी दिनबाट जोगिनुहोला।
काईयो
सधैँ आफ्नै काईयो उपयोग गर्नुपर्छ। अरु कसैको काईयो प्रयोग गर्नु स्वास्थ्य र शास्त्र दुवै हिसाबले हितकारी मानिदैन। काईयो मात्र नभई शिरसँग सम्बन्धित कुनै पनि सामग्री दोस्रो व्यक्तिसँग शेयर गर्नु हुन्न। यसले तपाईको भाग्यमा खराब असर पर्छ।
औंठी
औंठी पुरुष र महिला दुवैले लगाउँछन्। औंठी साटेर लगाउनु या मागेर लगाउनु आम कुरा हो। यसलाई जीवनमा आउने विपरित परिस्थितिसँग जोडेर हेरिन्छ। कहिले पनि अरु कसैको औंठी लगाउन हुँदैन र अरुलाई दिनु पनि हुन्न। यदि तपाई यसो गर्नुहुन्छ भने तपाईको जीवनमा मुश्किलहरु आउनुको साथै आर्थिक समस्या पनि सामना गर्नुपर्नेछ।
कपडा
कुनै पनि दोस्रो व्यक्तिको कपडा लगाउन हुँदैन। यो कुरा शास्त्रमा मात्र निषेध गरिएको नभई स्वास्थ्यको दृष्टिले पनि यो ठिक मानिदैन। शास्त्रका अनुसार अरु कसैको कपडा लगाउँदा तपाईको भाग्य तपाईसँग अप्रसन्न हुनेछ र दुर्भाग्यले चौतर्फी घेर्नेछ। त्यसपछि तपाईले अन्य थुप्रै समस्याहरु सामना गर्नुपर्नेछ।