काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार र सोमबार दुई दिन लगातार बढेको सुनको मूल्य मंगलबार बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ।
मंगलबारको वृद्धि पश्चात छापावाला सुनको मूल्य ९२ हजार कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९१ हजार ८ सय र सोमबार ९१ हजार ६ सयमा कारोबार भएको थियो।
यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेको छ। महासंघका अनुसार मंगलबार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ९१ हजार ३ सय र सोमबार ९१ हजार ६ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य
मंगलबार सुनको मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैंयाले बढेर १ हजार २ सय ४५ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस अगाडी आइतबार चाँदीको मूल्य १ हजार २ सय ३० थियो भने सोमबार पनि सोहि मूल्यमा चाँदी कारोबार भएको थियो।