केही मानिस यस्ता हुन्छन् जसको १२ महिना हरेक दिन नुहाउने आदत हुन्छ र दोस्रो तर्फ तमाम यस्ता मानिसहरु छन् जो जाडो महिनामा एकदम कम नुहाउँछन्। यद्यपि मजेदार कुरा यो छ कि जो मानिस जाडोमा नुहाउन अल्छी गर्छन् तिनीहरुलाई फाईदैफाइदा छ। यो कुरा हामीले भनेका हैनौँ, यो कुरा विशुद्द शोधले भनेको कुरा हो। जाडो महिनामा जो नुहाउनलाई अल्छी गर्छन् तिनीहरुलाई यो एकदम खुशीको खबर हो। विश्वभरिका स्किन एक्सपर्ट्सका अनुसार दैनिक नुहाउँदा हाम्रो स्किनलाई नोक्सान हुन् सक्छ।
जाडोमा दैनिक नुहाउँदा हाम्रो शरीर स्किन एलर्जीको शिकार हुन् सक्छ, किनकी दैनिक नुहाउँदा शरीरले बढी आर्द्रता पाउँछ। केही एक्सपर्ट्सले यस कुराको पुष्टि गरेका छन् कि जाडोमा दैनिक नुहाउनु हाम्रो लागि कति हानिकारक हुन् सक्छ। जान्नुहोस् चिसोमा हरेक दिन नुहाउनु हाम्रो लागि कति नोक्सानदायक छ।
बोस्टन(अमेरिका) का डर्मेटोलजिस्ट डाक्टर रनेलाका अनुसार मानिस दैनिक फोहोर भएको कारणले नुहाउँदैनन्, समाजको प्रेशरको कारणले नुहाउँछन्। विभिन्न समयमा भएका धेरै अध्ययनहरु अनुसार स्किनमा आफैलाई सफा गर्ने राम्रो क्षमता हुन्छ। यदि तपाई दैनिक जिम जानुहुन्न या दैनिक पसिना बगाउने खाले काम गर्नुहुन्न या माटोधुलोमा खासै रहनुहुन्न भने दैनिक नुहाउन जरुरत छैन।
यदि चिसोमा तपाई तातोपानीले लामो समयसम्म नुहाएर बस्नुहुन्छ भने यसले फाइदा भन्दा बढी नोक्सान पुर्याउँछ। यस्तो गर्दा तपाईको स्किन सुख्खा हुन्छ किनकी धेरैबेर तातोपानीले नुहाउँदा नेचुरल ओयल निस्किन्छ। यो ओयलले तपाईलाई मोइस्चराइज्ड र सुरक्षित राख्छ। यदि तपाईलाई हरेक दिन नुहाउनैपर्छ भने १० मिनेट भन्दा बढी ननुहाउनुहोला।
तपाइको स्किनले राम्रो व्याक्टेरिया पैदा गर्छ, जसले स्किनलाई स्वस्थ राख्छ र केमिकल्सको टक्सिन्सबाट बचाउँछ। जर्ज वासिंगटन युनिभर्सिटी(वासिंगटन, डी.सी. यु.एस) का असिस्टेन्ट प्रोफेसर डाक्टर सि ब्रेण्डन मिशेलका अनुसार नुहाउँदा स्किनको नेचुरल ओयल निस्किन्छ जसले गर्दा गुड ब्याक्टेरिया पनि हट्छ। यो ब्याक्टेरियाले इम्युन सिस्टमलाई पनि मद्दत पुर्याउँछ। यसकारण चिसोमा हप्तामा दुई या तीन पटक मात्र नुहाउनुपर्छ।
दिनहुँ तातो पानीले नुहाउँदा तपाईको नङमा पनि नोक्सान हुन् सक्छ। नुहाउने बेला तपाईको नङले पानी अवशोषित गर्छ र नरम भएर टुट्छ। यिनको नेचुरल ओयल पनि निस्किन्छ जसले गर्दा यो कमजोर हुन्छ।
यदि व्यक्तिगत स्वार्थबाट माथि उठेर सोसल कन्सर्नको बारेमा सोच्ने हो भने दिनहुँ नुहाउनु पानीको बर्बादी हो। एक अध्ययन अनुसार एक व्यक्तिले नुहाउँदा ५५ लिटर पानी बर्बाद गर्छ।
विज्ञान अनुसार यदि तपाई यो जाडो मौसममा दिनहुँ नुहाउनुहुन्छ भने तपाईको इम्युनिटी यानी प्रतिरोधक क्षमता कम हुन्छ। दुनियाँभरका स्किन स्पेशलिस्टका अनुसार जाडो मौसममा दैनिक ननुहाउनु नै फाइदाजनक हुन्छ। आवश्यकता भन्दा बढी नुहाउँदा हाम्रो त्वचालाई नोक्सान पुग्छ।