आज माघ ७ गते बुधबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अधिक लाभ  पाउने विचारमा नफस्नुहोला। मानसिक रूपले एकाग्रता कम रहनेछ। शारीरिक स्वास्थ्य सम्हाल्नुहोला । धन सम्बन्धित लेन-देनमा ध्यान राख्नुहोला। भ्रान्ति र दुर्घटनाबाट सम्हाल्नुहोला। मध्यान्नपछि राम्रो महसूस गर्नुहुनेछ। पारिवारिक वातावरणमा सुख-शान्ति बनिरहनेछ। धार्मिक कार्य तथा प्रवास हुन सक्छ। नयाँ कार्य प्रारम्भ गर्नुहुनेछ। धनलाभ हुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

गृह एवम सन्तान सम्बन्धि शुभ समाचार मिल्नेछ। बाल्यकालको मित्रसँग भेटको कारण आनन्द रहनुहुनेछ। नयाँ मित्र बनाउनुहुनेछ।  व्यवसायिक एवम आर्थिक रूपले लाभ हुनेछ। शारीरिक र मानसिक रूपले स्वास्थ्य बिग्रिन सक्छ। धार्मिक कार्यमा खर्च हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अनुकूलताभरा र लाभदायी दिन रहेको छ। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीको कृपादृष्टिले प्रगतिको मार्ग निर्विध्न हुनेछ। व्यापारमा  आय बढ्नेछ। पिता र ठुलोको आशिर्वादले लाभ हुनेछ। मध्यान्नपछि मित्रबाट लाभ हुनेछ। कुनै सामाजिक प्रसंगमा उपस्थित रहनुहुनेछ। आकस्मिक धनलाभ होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

उच्च अधिकारीको बोलि र व्यवहारमा राम्रोसँग चल्नुहोला। शारीरिक रूपबाट  अस्वस्थता र मानसिक चिन्ता बनिरहनेछ। व्यापारमा विध्न आउनेछ। मध्यान्नपछि व्यवसायिक क्षेत्रमा तपाईको परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारीको तपाईको कार्यबाट सन्तुष्ट रहनेछ।  आर्थिकले लाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

क्रोध र बोलिमा ध्यान राख्नुहोला। स्वास्थ्यको ध्यान राख्नुहोला। मानसिक रूपले व्यग्रता बनिरहनेछ। परिवारसँग कलहको प्रसंग बन्नुहुनेछ।  उच्च अधिकारी, प्रतिस्पर्धिसँग वाद-विवादमा नउत्रिनुहोला। नकारात्मक विचारबाट टाढा रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खान-पान एवम मनोरंजनमा आनन्दपुर्वक समय बित्नेछ। साथीसँग सम्बन्ध राम्रो रहनेछ। मध्यान्नपछि प्रतिकूलतालाई प्रतिकार गर्नुपर्नेछ।  स्वास्थ्यले सताउनेछ। आकस्मिक धनलाभ चिन्ताको कारण बन्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

 दृढ मनोबल र आत्मविश्वासले प्रत्येक कार्य सफल रहनेछ। गृहस्थजीवनमा सुख -शान्ति बनिरहनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। स्वभावमा  उग्रता बनिरहनेछ। मित्र र आफन्तसँग भेटघाट वा घुमफिर हुनेछ।  शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मानसिक रूपले भावुक रहनुहुनेछ। विद्यार्थीले  अभ्यास र भविष्य सम्बन्धित विषयमा सफलता प्राप्त गर्नेछ। कल्पनाशक्तिले  साहित्य-सिर्जनमा नवीनता ल्याउनुहुनेछ। घरको वातावरण सुखमय र शान्तिपूर्ण रहनेछ। व्यवसायमा सफलता प्राप्त हुनेछ र सहकर्मीको सहयोग प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पारिवारिक शान्तिको लागि निरर्थक वाद-विवाद नगर्नुहोला। आमाको स्वास्थ्य खराब रहनेछ। धन र प्रतिष्ठामा हानि होला। मध्यान्नपछि  स्वभावमा भावुकता बढ्न सक्छ। सिर्जनशक्तिमा  सकारात्मक  वृद्धि हुनेछ। विद्यार्थीको लागि अनुकुल समय रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आवश्यक निर्णय लिनको लागि वैचारिक दृढता र स्थिरतालाई स्थान दिनुपर्नेछ। मित्र र प्रियपात्रसँग भेट हुनेछ। भाईसँगको सम्बन्ध निकट रहनेछ। मध्यान्नपछि अरुचिकर घटनाले तपाईको मन अस्वस्थ हुनेछ। शारीरिक रूपले स्फूर्ति  राख्न सक्नुहुनेछैन। धन र कीर्तिको हानि हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

क्रोध र बोलिमा ध्यान राख्नुहोला। नकारात्मक विचारलाई मनमा आउना नदिनुहोला। खान-पानमा ध्यान राख्नुहोला। मध्यान्नपछि वैचारिक स्थिरताको साथसाथै कार्य पूर्ण हुनेछ। रचनात्मक अथवा सिर्जनात्मक क्षेत्रमा  मान-सम्मान प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन शुभफलदायी रहेको छ। शारीरिक, मानसिक स्वस्थ र उत्साही बनिरहनेछ। नयाँ कार्य शुभारंभ गर्न समय अनुकूल रहेको छ । परिवारसँग आनन्दपुर्वक समय बित्नेछ। धार्मिक कार्यमा खर्च हुनेछ। मध्यान्नपछि कसैसँग वाद -विवाद वा झगडा होला। धन सम्बन्धित लेनदेनमा ध्यान दिनुहोला।

प्रकाशित : मङ्गलबार, माघ ०६, २०७७२१:२२

भोलि माघ ८ गते बिहिबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !