के तपाईलाई रातमा निन्द्रा पर्दैन? यसरी बदल्नुहोस आफ्नो दैनिक जीवनशैली!

रातको समयमा निन्द्रा नआउने समस्याबाट जो कोहि पनि ग्रसित हुन सक्छ। कुनै व्यक्तिलाई  दिनभर ब्यस्त भई शारीरिक थकान महसुश भएको  कारणले गर्दा पनि निन्द्रा नपर्ने समस्या आउन सक्छ। प्रर्याप्त रुपमा निन्द्रा नपुग्नाले शारीरिक तथा मानसिक रुपमा अस्वस्थता सिर्जना हुन्छ। अध्ययनका अनुसार राम्रो र आरामदायी निन्द्राका लागि कोठाको न्युनतम तापक्रम लगभग लगभग २२ डिग्री सेल्सियस हुनुपर्दछ।  यसका साथै अन्य कुरामा ध्यान दिनाले निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

 

अनिन्द्रा हुने समस्याबाट कसरी बच्ने? 

 

म्युजिक सुन्ने :

मिठो निन्द्राका लागि सुत्ने समयमा परिवर्तन गर्नु आवश्यक छ । शावर लिने , म्युजिक सुन्ने आदि गर्नाले पनि निन्द्रा नलाग्ने समस्याबाट बच्न सकिन्छ। सुत्न जानु भन्दा अगाडी टेलिभिजन , मोबाइल, अफिसको इमेल चेक गर्नु हुदैन किन कि यसले निन्द्रामा कुनै पनि बाधा उत्पन्न गर्दैन र मिठो निन्द्रा आउछ।

कफीको सेवन नगर्ने:

दिउँसो १ बजे भन्दा पछि कफीको सेवन नगर्दा नै राम्रो हुनेछ। यसका साथै सुत्नु भन्दा अगाडी कफी पिउनाले पनि निन्द्रा बिग्रने समस्या हुन्छ। रक्तचापको समस्या भएका र नियमित रुपमा औषधी सेवन गरिरहेका हरुका लागि डाक्टरको सल्लाह अनुरुप औषधिको मात्रा परिवर्तन गर्नाले निन्द्रा पर्न सक्छ।

मधपानको सेवन नगर्ने:

साथीभाईको साथमा लागेर कहिले कहिले ड्रिंक्स गर्न मन लाग्छ तर ड्रिंक्स गर्नु स्वास्थ्यका लागि हानिकारक छ।  यसका साथै मध्यपान निन्द्राको पनि दुश्मन हो। बैज्ञानिकका अनुसार मध्यपानले निन्द्रा नियन्त्रण गर्ने ई एन टि १ मा प्रत्यक्ष रुपमा हानी पुर्याउछ।

दैनिक कार्य:

आफुले गर्ने दैनिक कामहरु जस्तै वर्कआउट या स्पोर्ट्स सुत्न जानु भन्दा करिब २ घण्टा अगाडी नै गर्नु पर्छ।  यसो गर्नाले आरामदायी निद्रा पर्नुको  साथै स्वास्थ्य पनि राम्रो रहन्छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७१०:४८

दिमागको लागी यी ५ जुसले गर्छ अतुलनीय फाइदा, कसरी? जानीराखौ!