एजेन्सी, अहिले सार भरमा लो-कार्ब डाइट लोकप्रिय हुँदैछ । तौल घटाउने कोशिसमा मानिस प्राय: फललाई पनि आफ्नो डाइटबाट हटाउँछन् जब यो सहि होइन । फलमा सुगर ज्यादा हुन्छ र यसकारण कार्बोहाइड्रेट काउन्ट बढ्दछ । तर मानिस यो भुल्छन् कि फल नखाँदा उनीहरुले कति पोषक तत्वको लाभबाट आफुलाई टाढा राखेका छन् ।
फलफूलमा फाइबर रिच हुनुको साथ साथै निकै भिटामिनसले भरपूर हुन्छ । आउनुहोस् जानौँ यस्ता फलहरुको बारेमा जुन यदि उचित मात्रामा खाइयो भने त्यसले तौल घटाउन मद्दत पुर्याउनुको साथै शरीरको जरुरि पोशक तत्व पनि दिलाउँछ ।
स्ट्रबेरी:
स्ट्रबेरी तौल घटाउनको लागि सबैभन्दा उत्तम फल हो । स्ट्रबेरीमा निकै कम मात्रामा कार्बोहाइड्रेट हुन्छ र यसको साथै एन्टी अक्सिडेन्टको पनि धनि हुन्छ । यूएस डिपार्टमेन्ट अफ एग्रीकल्चर डेटा (USDA) को अनुसार १०० ग्राम स्ट्रबेरीमा मात्र ८ ग्राम कार्बोहाइड्रेट हुन्छ ।
खरबूजा:
तौल घटाउनको लागि खरबुजा पनि प्रभावकारी फल हो, किनकी यसमा पनि कम क्यालोरी हुन्छ । यूएस डिपार्टमेन्ट अफ एग्रीकल्चर डेटा (USDA) को अनुसार १०० ग्राम खरबुजामा मात्र ८ ग्राम कार्बोहाइड्रेट हुन्छ ।
आरु (peach) :
वेट लसको लागि आरु पनि एक राम्रो बिकल्प हुन सक्छ । १०० ग्राम आरुमा मात्र १० ग्राम कार्बोहाइड्रेट हुन्छ । यस बाहेक आरुमा क्याटाक्लाइसस पनि पाइन्छ र यसमा ग्लाइकेमिक इन्डेक्स पनि कम हुन्छ ।
ब्ल्याकबेरी:
ब्ल्याकबेरीलाई बिना कुनै चीजमा मिसाएर खानु निकै लाभकारी हुन्छ । १०० ग्राम ब्ल्याकबेरीमा मात्र १० ग्राम कार्बोहाइड्रेट हुन्छ अर्थात् लो कार्ब डाइटमा यसलाई सजिलै शामिल गर्न सकिन्छ ।