काउली खानुको फाइदा नै फाइदा !

 

काउली अक्सर नचिन्ने कमै होलान । यो सबै माझ परिचित तरकारी हो ।  जुन अधिक स्वाद र पोषणले भरपुर हुन्छ। सबैको नम्बर १ रोजाइमा पर्ने काउलीका कस्ता फाइदाहरु रहेका छन त एकै छिन चर्चा गरौँ ;

प्रतिरक्षा प्रणालीको विकास

काउलीमा प्रसस्त मात्रामा पौष्टिक तत्व पाइन्छ।  अझ भन्ने हो भने यसमा भिटामिन पनि अत्यधिक मात्रामा पाइन्छ। काउलीमा भएको भिटामिन सी र कोलेजन जस्ता तत्वहरुले प्रतिरक्षा प्रणाली समेत मजबुत बनाउन सहयोग गर्छ।

क्यान्सरबाट बचाउछ

काउलीमा पाइने भिटामिन ‘के’ हाडजोर्नी तथा रगतको मात्र बढाउन उपयोगी भूमिका निर्वाह गर्दछ। साथै यसले  शरीरमा कोलेस्टोरेलको मात्रा सन्तुलनमा राख्न समेत मदत पुर्याउछ। काउलीमा पाइने ‘फाइटोन्यूट्रिएंट्स’ जस्ता तत्वले सम्भावित क्यान्सरबाट बचाउछ।

स्वादिलो संगै लो-कार्ब

काउलीमा  फाइबर, कोलिन (प्रमुख पौष्टिक तत्व ) साथमा प्रशस्त मात्रामा ऐंटीअक्सिडेंट्स पाइन्छ। सबैभन्दा मुख्य कुरा त के  हो भने यो तरकारी मध्ये सबैभन्दा स्वादिष्ट र कार्बोहाईड्रेडको मात्रा पनि कम भएको तरकारी अन्तर्गत पर्दछ।

सुप या पकौडाको रुपमा  

यदि काउलीलाई तरकारी मात्र नभई अन्य कुनै परिकार बनाएर खान मन लागेको खण्डमा यसलाई सुप वा सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ। यसैलाई कहिले काही  पकौडाको रुपमा बनाएर खान सकिन्छ।  जुन अत्यधिक स्वादिलो हुन्छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७११:२६

यस्तो खाना जसले तपाईको मुडलाई रोमान्चक बनाउने काम गर्दछ !!