घरमा तुलसीको विरुवा छ भने ध्यान दिनुहोस् यस्ता नियम, अन्यथा बनिएला पापको भोगी !

सनातन धर्ममा तुलसीको बोटलाई अत्यन्तै पूजनीय मानिन्छ। तुलसीको बोटको पूजा त गरिन्छ नै यो औषधीय गुणले पनि समृद्ध हुन्छ। घरमा तुलसीको बोट लगाउनु अत्यन्त शुभ मानिन्छ। पहिलेको समयमा मानिसहरू घरको आँगनमा तुलसी रोप्थे। आजको समयमा, बस्ने र घरको डिजाइनमा धेरै परिवर्तन भएको छ, तर आज पनि तुलसी बोटको समान महत्त्व छ। तुलसीको धार्मिक रूपमा मात्र हैन, ज्योतिष र वास्तुमा पनि ठूलो महत्त्व छ। यदि तपाईंको घरमा पनि तुलसीको बोट छ भने केहि कुराको ध्यान राख्न अत्यन्त जरूरी हुन्छ। तुलसी रोप्ने नियमहरू जान्नुहोस्….

तुलसी हिन्दू धर्ममा हरेक धार्मिक कार्यहरुमा प्रयोग गरिन्छ। विशेषगरी भगवान विष्णुको पूजा गर्न तुलसी अत्यन्तै आवश्यक मानिन्छ। तुलसी भगवान विष्णुलाई अत्यन्त प्रिय हुन्छ। भगवान विष्णुको पूजामा कुनै पनि प्रकारको तामसिक चीजहरूको प्रयोग गर्न निषेध गरिएको छ। तुलसी एकदमै पवित्र मानिन्छ, त्यसैले तुलसीको बोट रोपेको ठाउँमा मासु वा मदिरा भुलेर पनि सेवन गर्नु हुँदैन।

तुलसीको बोट वास्तुमा धेरै महत्त्वपूर्ण मानिन्छ। घरमा तुलसीको बोट रोप्नाले नकारात्मकता हटाउँछ र घरमा सकरात्मक उर्जा ल्याउँछ। तुलसी वास्तु दोष हटाउन पनि सक्षम छ। वास्तुका अनुसार तुलसी बोट सँधै उत्तरपूर्वी वा उत्तर दिशामा रोप्नुपर्छ।

यदि तपाइँको घरमा तुलसी स्थापित छ, यसको राम्रो हेरचाह धेरै महत्त्वपूर्ण छ। तुलसीलाई नियमित रूपमा जल अर्पण गर्नुपर्छ, साँझमा शुद्ध घीउमा बत्ती बाल्नुपर्छ। जुन घरमा हरेक दिन बिहान-बेलुका तुलसीलाई जल चढाउने तथा बत्ती बाल्ने गरिन्छ, उक्त घरमा सधैं माता लक्ष्मीको बास रहन्छ।

केहि घरहरूमा तुलसीको बोट जमिनमा रोपिएको हुन्छ, तर तुलसीको बिरुवा कहिले पनि जमीनमा नभई गमला वा तुलसाको मोठमा लगाउनु पर्छ।

केहि तिथिहरुमा तुलसीको पात टिप्न वर्जित मानिन्छ। आइतबार, सूर्य ग्रहण, चन्द्र ग्रहण, एकादशी तथा सूर्यास्तपछि कहिले पनि तुलसीको पात टिप्नु हुँदैन। यदि तपाईं तुलसीको पात टिप्नु छ भने त्यसअघि हात जोडेर तुलसीलाई प्रणाम गरेर मात्र पात टिप्नुहोस्।

प्रकाशित : बुधबार, माघ ०७, २०७७२२:०५

के तपाईंको हातमा पनि यी ४ चिन्ह छन् ? जान्नुहोस् तपाईं कति भाग्यमानी !