माइनस १४ डिग्रीको तापमानको बर्फिलो पानीमा पुटिनले डुबुल्की लगाए ! कारण यस्तो …

एजेन्सी – अस्वस्थ भनिएका रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले बर्फीलो पानीमा स्नान गरेका छन्। पछिल्लो समय अस्वस्थ भनेर चर्चा गरिएका पुटिनले मंगलबार माइनस १४ डिग्री तापमान भइरहेको अवस्थामा बर्फीलो पानीमा स्नान गरेका हुन्।

पुटिनले चिसो पानीमा डुबुल्की लगाउँदै गरेका दृश्य समेत सार्वजनिक भएका छन्। पुटिनले चिसो पानीमा स्नान गरेका तस्विर उनको ट्वीटर ह्यान्डलमा राखिएको छ।

चिसो पानीमा किन गरे त स्नान ?

इसाई धर्म मान्नेहरुले मनाउने फीस्ट डे अर्थात इपिफनीको अवसरमा रुसमा चिसो पानीमा डुबुल्की लगाउने प्रचलन छ। प्राय हिउँले ढाकिने भएपनि इसाई धर्म मान्नेहरुले त्यस अवसरमा मध्य राति चिसो पानीमा डुबुल्की लगाउँछन्। पुटिनले पनि मंगलबार सोहि प्रचलन अनुसार चिसो पानीमा स्नान गरेका हुन्।

के छ मान्यता ?

यो विश्वास गरिन्छ कि – फीस्ट डे अर्थात इपिफनीको दिन नै येशू ख्रीष्टले जोर्डन नदीमा डुबुल्की लगाएका थिए। यसो गर्दा सम्पूर्ण पाप पखालिने इसाई धर्म मान्नेहरु विश्वास गर्छन्। बर्फीलो पानीले मानिसलाई शुद्ध बनाउने इसाई धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७१६:०४

घुससहित तीन प्रहरी पक्राउ