सबै महिलाले थाहा पाउनै पर्ने यी ९ कारणले हुनसक्छ अनियमित महिनावारी !

अहिलेको समयमा धेरै महिलाको गुनासो हुन्छ कि महिनावारी समयमा भएन। महिनावारी नहुनुको सामान्य कारण गर्भधारण हो तर यसको अन्य पनि थुप्रै कारण हुनसक्छ। जान्नुहोस् उक्त कारणको बारेमा….

तनाव

तनावले शरीरमा धेरै प्रकारले असर गर्छ, जसमध्ये एक हो महिनावारी। तनावले GnRH नामक हर्मोनको मात्रा घटाउँछ, जसको कारण ओभुलेशन वा महिनावारी हुँदैन।

बिमारी

अकस्मात् ज्वरो, चिसो, खोकी वा कुनै लामो समयसम्म बिमारीको कारण पनि महिनावारीमा ढिलाइ हुनसक्छ। यो अस्थायी रूपमा हुन्छ र एक पटक तपाईं रोगबाट मुक्त भएपछि, तपाईंको महिनावारी फेरि नियमित हुन्छ।

दैनिकीमा परिवर्तन 

तालिका परिवर्तन गर्नु, रातको काम गर्नु, शहरबाट बाहिर आउनु वा विवाह समारोहमा जाँदा हाम्रो तालिकामा धेरै परिवर्तन हुन्छ। त्यस्तै, दैनिकीमा परिवर्तन हुँदा पनि महिनावारीमा ढिलाइ हुनसक्छ।

स्तनपान 

कतिपय महिलाहरूमा बच्चालाई स्तनपान गर्न नरोकुन्जेल समयमा महिनावारी हुन सुरू हुँदैन।

जन्म नियन्त्रण चक्की

जन्म नियन्त्रण चक्की तथा केहि अन्य औषधिहरूले पनि महिनावारी चक्र परिवर्तन गर्न सक्छ। त्यस्ता औषधि सेवन गर्दा महिनावारी या त कम हुन्छ वा धेरै चाँडै हुन्छ वा बिल्कुल नै बन्द हुन्छ। यस्तो अवस्थामा डाक्टरलाई सम्पर्क गर्नुहोस्।

मोटोपना

मोटोपनको कारण पनि महिनावारी अनियमित हुन सक्छ। यद्यपि यो समस्या कम तौलका मानिसहरूलाई पनि हुन्छ, तर मोटोपना यसको प्रमुख कारण हुन सक्छ।

दुब्लोपन

यदि तपाईंको शरीरमा पर्याप्त फ्याट छैन भने पनि तपाईंको महिनावारी अनियमित हुन सक्छ। नियमित महिनावारीको लागि स्वस्थ तौल आवश्यक हुन्छ।

मेनोपज

मेनोपज अघि महिलाको शरीर आन्तरिक रूपमा धेरै परिवर्तन हुन्छ। यस कारणले, महिनावारी ढिलो वा समय अगाडि आउन सुरू हुन्छ।

थाइरोइड

थाइरोइड ग्रंथिले मेटाबोलिजम नियन्त्रण गर्छ। यसले शरीरको धेरै कार्यहरूमा पनि भूमिका खेल्छ। यदि तपाईंलाई थाइरोइड सम्बन्धि कुनै समस्या छ भने यसले महिनावारीमा पनि असर गर्छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७२१:५७

काँचो प्याज खानुका फाइदै-फाइदा !