एयरफोन लगाएर हिंड्दै थिइन्, एक्कासी यस्तो भयो कि पत्तो नपाउँदै गुमाइन् ज्यान !

एजेन्सी – भारत होशंगाबादस्थित एनएच ६९मा एक महिला रेल्वे ट्रयाक पार गर्दै थिइन्। त्यसक्रममा उनी यति लापरवाह भइन् कि उनले आफ्नै ज्यान गएको पनि पत्तो पाइनन्। सामान्य लापरवाही, एक मोबाइल र एयरफोन नै उनको काल बन्यो।

भएको के हो ?

खासमा होशंगाबादकी एक स्थानीय महिला पैदल हिंड्दै थिइन्। त्यसक्रममा उनले एयरफोन लगाइरहेकी थिइन्। एयरफोनका कारण उनको कान लगभग ठप्प जस्तै थियो।

उनी गुज्रिरहेको बाटोमा रेलवे क्रसिंग थियो। एयरफोन लगाएकै कारण उनले रेल आएको ढिला मात्र चाल पाइन्। उनले चाल पाउँदा सम्म रेल उनको नजिक आइसकेको थियो। भाग्ने कोशिस गरेपनि उनी सफल हुन सकिनन्। अन्ततः उनलाई रेलले सोरेर लग्यो।

रेलको ठक्करबाट ज्यान गुमाउने स्थानीय चंदा सोनी रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनी सामुदायिक स्वास्थ्य केन्द्र डोलरियामा अनमी रहेको बताइएको छ। उक्त घटना सिसिटिभीमा समेत कैद भएको थियो। त्यस घटनाको भिडियो सामाजिक संजाल तथा मिडियाहरुमा समेत आएका छन्।

सामान्य लापरवाहीले ठूला दुर्घटना

साना-साना लापरवाहीले पनि ज्यान जान सक्छ भन्ने कुरा कसैले नकार्न सक्दैन। धेरै नै सामान्य सोचिएका लापरवाहीले ज्यान लिएका उदाहरण मध्ये माथि उल्लेखित घटना पनि एक हो। एयरफोन लगाएर सडकमा सकेसम्म नहिंडेकै राम्रो हुने सुझाव विज्ञहरु दिन्छन्।

प्रकाशित : बुधबार, माघ ०७, २०७७१७:००

“एक बार ल्याण्ड कर्वादे ” वाला केटाले फेरी गरे प्याराग्लाइडिंग, भाइरल भयो भिडियो