हरेक दिन खानुहोस एक कोसा केरा, हुन्छ यति धेरै फाइदै-फाईदा!

केरा खाने मान्छेको इनर्जी लेवल साधारण व्यक्तिभन्दा धेरै हुन्छ। इनर्जी लेवल बढाउनको साथसाथै केरामा भिटामिन ,आईरन र फाइबर पाईन्छ। इनर्जीले भरपुर हुनुको कारण एथलीट प्रतिदिन केराको सेवन गर्छन्। केहि मान्छेमा गलत धारणा रहेको हुन्छ कि केराको सेवनले मान्छे मोटो हुन्छ। केराको सेवनको  साथसाथै वर्कआउट गर्न जरुरी रहेको छ। यदि तपाई वर्कआउट कम र केराको सेवन धेरै मात्रामा गर्नुहुन्छ भने तपाईको शरीरमा मोटोपना बढ्छ।

उर्जा प्रदान

केरामा ग्लूकोज भरपूर हुन्छ जुनले शरीरलाई उर्जा प्रदान गर्न मदत्त गर्छ। यसमा ७५ प्रतिशत पानी  हुन्छ। यस बाहेक क्याल्शियम, म्याग्नेशियम, फस्फोरस, फलाम र कपर पर्याप्त मात्रामा पाईन्छ।

पाचन स्वास्थ्य

पाचन स्वास्थ्यको लागी केराको फाईदा निकै रहेको छ। केरा फाइबरले समृद्ध हुन्छ, जुनले पाचनतन्त्रलाई ठीक राख्न मदत्त गर्छ। फाइबरको कारण भोजन सही तरिकाले पच्छ। फाइबरले कब्जियत जस्ता पेट सम्बन्धि समस्याबाट मुक्त हुन मदत्त गर्छ। केरामा रेसिस्टेंट स्टार्च पनि पाईन्छ जुन पेटको लागि फाईदादायक रहेको छ।

भिटामिन बि ६

हाम्रो शरीरलाई पर्याप्त मात्रामा भिटामिन बि ६ आवश्यकता हुन्छ ताकी हेमोग्लोबिन र इन्सुलिनको निर्माण होस्। केरामा यी पोषक तत्व हुनाले शरीरमा  आवश्यक पूर्ति हुन्छ ।

आँखाको जलन कम

आँखामा जलन हुनु एक सामान्य समस्या हो। आँखामा जलन भयो भने केराको पात आँखामाथि  बाध्नुहोला । यसले आँखाको जलन कम गर्छ।

ब्लड प्रेशर

ब्लड प्रेशर हुने व्यक्तिको लागि केरा राम्रो मानिन्छ। हाई बीपी हुने व्यक्तिको लागि केरा फाईदादायक हुन सक्छ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१८:०२

तपाईंको पनि खुट्टा गनाउने समस्या छ ? त्यसोभए अपनाउनुहोस् यस्ता घरेलु उपाय !