लगातार उकालो लाग्दै सुनको भाउ, माघ महिना कै महँगो !

बिहिबार सुनको भाउ माघ महिना कै महँगो भएको छ। माघ महिना लागेसँगै घटबढ हुँदै आएको सुन बिहिबार तोलामा ६ सय रुपैयाँले बढेको हो।

मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहिबार पनि ६ सय रुपैयाँले वृद्धि भइ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहिबार तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय कायम भएको छ। यस अगाडी तेजाबी सुन बुधबार ९२ हजारमा कारोबार भएको थियो।

आजको सुनको मूल्य माघ महिनाकै उच्च रहेको छ। यसअघि माघ महिनामा सुनको मूल्य २ गते र ७ गते ९२ हजार ५ सय सम्म पुगेको थियो भने ५ गते कममा ९१ हजार ६ सय सम्ममा झरेको थियो।

यस्तै बिहिबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलामा १५ रुपैंयाले बढेर १ हजार २ सय ७५ कायम भएको छ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१३:१६

आज पनि घट्यो सुनको मूल्य, कति ?