मोटरसाइकल दुर्घटना हुँदा २१ र २५ वर्षीय युवकको मृत्यु!

सांकेतिक तस्विर

सप्तरीको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नंको मोटरसाइकल आज दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए । दुवै शव परीक्षणका लागि लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागी उपचारार्थ छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ।

छ महिनामा २१६ दुर्घटना
जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् । पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा छ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ । भरतपुर नगर (रिङरोड)मा भएका ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य सडमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएका छन् । मङ्सिरमा मात्र ५२ दुर्घटना भएको कार्यालयले जनाएको छ । चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन् । छ महिनाको अवधिमा भएका २१६ वटा दुर्घटनामा ३३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १६३ वटा मोटरसाइकल रहेका छन् ।

जिल्लामा भएका दुर्घटनामा तीव्र गति मुख्य कारण रहेको उहाँको भनाइ छ । तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको छ । चालकको लापर्बाहीले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक÷एक वटा दुर्घटना भएको उहाँको भनाइ छ । राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन् । जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन् ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१२:५१

बेलायतमा एकै दिन कोरोना भाइरसबाट १८२० जनाको मृत्यु!