वार्षिक राशिफल: मेष राशिका मानिसको लागि २०२१ को कुन महिना शुभ रहनेछ ?

मेष राशि (चू, चे, चो, ला, ली, लू, ले, लो, अ)

वर्षको सुरुवात कार्य-व्यवसायको हिसाबले तपाईंको लागि धेरै राम्रो साबित हुनेछ। लामो समयदेखि चलिरहेको वित्तीय संकटबाट पनि छुटकारा पाउने योग रहेको छ। केहि ठूलो काम सुरू गर्न वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न यो वर्ष निकै शुभ रहनेछ। सरकारको सम्बन्धित विभागमा अवरुद्ध कार्यहरू पूरा हुनेछ।

विधार्थीहरूको लागि शिक्षा र प्रतिस्पर्धामा सफलता कमाउन र नयाँ सेवाको लागि आवेदन दिन समय उत्तम रहनेछ। त्यसैले यस अवसरको फाइदा उठाउनुहोस्।

शुभ अंक: ९

शुभ बार: मंगलबार, बिहिबार र आइतबार

शुभ रंग: रातो, पहेंलो, गुलाबी

शुभ रत्न:मूगा, मोती, पुखराज

शुभ महिना 

अगस्ट र सेप्टेम्बरमा हुने ग्रह-गोचरको उच्च अनुकूलताले तपाईंको लागि सफलताको नयाँ ढोका खोल्नेछ। व्यापारमा अप्रत्याशित प्रगति हुनेछ। रोकिएको काम बन्नेछ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७२०:४७

आजैबाट त्याग्नुहोस् यस्ता खराब बानी, धन सम्बन्धि समस्याले पनि छोडेर जानेछ !