अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नु अघि आफ्नो लागि ओभल अफिसमा ‘उदार’ पत्र छोडेको खुलासा गरेका छन्। अमेरिकी परम्पारामा निवर्तमान राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिको लागि रिजोलुसन पत्र छाड्ने चलन रहेको छ। ट्रम्पले पनि बाइडेनको लागि यस्तै पत्र छाडेका हुन्। यद्यपि बाइडेन यो पत्र देखेर छक्क परे।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्डले आफ्नो कार्यकालको अन्त्यसम्ममा धेरै स्थापित परम्परा तोडेका कारणम बुधवारसम्म राष्ट्रपति पदका आफ्नो उत्तराधिकारी जो बाइडेनलाई पत्र छोड्ने परम्परालाई मान्छन् वा मान्दैनन् भन्ने बारेमा अनिश्चितता थियो। ट्रम्पले बाइडेनलाई औपचारिक रूपमा बधाई पनि दिएका थिएनन्। राष्ट्रपति जो बिडेनले बुधबार व्हाइट हाउसको ओभल कार्यालयमा पत्रकारहरूलाई भने, “ट्रम्पले एकदम उदार पत्र लेखेका छन्। किनकि यो धेरै निजी छ्, त्यसैले जबसम्म म उनीसँग कुरा गर्दिन, यसको बारेमा कुरा गर्न सक्दिन। तर यो धेरै उदार छ।”
राष्ट्रपतिले भने कि उनी ट्रम्पसँग कुरा गर्ने सोचमा छन्। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बुधबार आफ्नो पहिलो प्रेस सम्मेलनमा बाइडेन ओभल अफिसमा पत्र पढ्दै गर्दा आफू त्यहाँ भएको कुरा बताइन्। यद्यपि साकीले पनि उक्त पत्रलाई निजी भन्दै यस विषयमा विस्तृत रूपमा अस्वीकार गरिन्। उनले भनिन्, “बाइडेनले तपाईंहरुलाई यसबारे सबै बताइसकेका छन्।” साकीले भनिन्, “चिठीमा धेरै उदार र राम्रा कुराहरु लेखिएका छन्। ट्रम्पको स्वीकृति बिना पत्र जारी नगर्नुमा नै उनको (बाइडेनको) विचार झल्किन्छ तर यसले उनी पूर्व राष्ट्रपतिलाई सम्पर्क गर्नेवाला छन् भनेर संकेत गर्दैन।”