काठमाडौँ – नायिका करिश्मा मानन्धरले आफू कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभएको भन्दै स्वतन्त्र नागरिकको हैशियतमा आफ्ना कुरा राख्ने बताएकी छन्।
केहि दिन अगाडी आफूले सामाजिक संजाल मार्फत अभिव्यक्त गरेको भनाईलाई लिएर विभिन्न टिका-टिप्पणी गरिएपछि मानन्धरले सामाजिक संजाल मार्फत नै आफू कुनै पनि राजनीतिक दलको कार्यकर्ता नरहेको र आफू स्वतन्त्र रुपमा आफ्ना भनाईहरु सामाजिक संजाल मार्फत राखिरहने स्पष्ट पारेकी हुन्।
“के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हाे त ?अहिलेकाे राजनीतिले मलाई मात्रै हाेईन, सबैलाई आजित बनाएकाे छ । शिक्षा, स्वास्थ, सिनेमा, उद्याेग, कृषि कुनै पनि क्षेत्र सन्ताेषजनक छैन ।”,मानन्धरले फेसबुकमा लेखेकी छन्। वर्तमान राजनीतिक अवस्थालाई लिएर आफू मात्र नभई देशका सबै जनता आजित भएको उनको भनाई छ।
कोरोना महामारीका कारण देश ८ महिना ठप्प हुँदा सरकारले जनतालाई बेवास्ता गर्दा चुप-चाप बसेका राजनीतिक दलहरु तर्फ ध्यान नदिएका राजनीतिक दलहरु अहिले संसद विघटन भएपछि सडकमा आएको भन्दै करिश्माले ‘कोरोना महामारी हराएको हो?’ भन्दै प्रश्न पनि गरेकी छन्।
करिश्माले फेसबुकमा यसो लेखेकी छिन्ः
के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हाे त ?
अहिलेकाे राजनीतिले मलाई मात्रै हाेईन, सबैलाई आजित बनाएकाे छ । शिक्षा, स्वास्थ, सिनेमा, उद्याेग, कृषि कुनै पनि क्षेत्र सन्ताेषजनक छैन ।
काेराेना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयाे । अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ ।
वितेकाे १० महिनामा भाेकभाेकै पैदल घर हिँडेका नेपालीबारे समाचार पढ्याैँ । उद्याेगी व्यापारीहरु तनावमा फसेको, विरामीहरु उपचार नपाएर मरेको, नेपाली कृषककाे उत्पादनहरुले बजार नपाउने तर विदेशबाट सबै थाेक सजिलै आयात भएर बजार बजार पुग्ने, उखु किसानले उखुकाे मूल्य नपाउने तर राजनीतिक दलहरु जुँगाकाे ल’डाइँमा मात्रै रमाउने गरेको विकृति देखियाे ।
सरकारकाे पहिलाे प्राथमिकता जनताकाे सुखसुविधा हुनुपर्ने थियाे तर हाम्राे देशमा कुर्सी र पार्टी पार्टी नेता नेता बिचकाे झगडा पहिलाे प्राथमिकता बनेकाे थियाे
त्यहिबिचमा संसद विघटन भयाे । संसद विघटन हुने बितिक्कै सबै राजनीतिक दल सडकमा देखिए । काेराेना महामारी पनि विलाएकाे हाे कि?
जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्राे काम गरिरहेका छाै भनेर भनुँ?
राजनीतिक दलहरुकाे कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झुट बाेलुँ?
काेराेना महामारी बिच जनताले विभिन्न प्रकारका समस्या भाेगेकाे बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आई दिएको भए के हुन्थ्यो ? कसले राेक्याे त्यतिखेर उनीहरुलाई?
यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ । संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।