काठमाडौँ – पाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका नेता घनश्याम भुसालले अर्को केपी ओली नजन्मिने बताएका छन्।
शुक्रबार नेकपाले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै अब अर्को ओली नजन्मियोस् भन्दै टिप्पणी गरेका हुन्। पूर्वमन्त्री समेत रहेका भुसालले अब देशमा अर्को ओली नजन्मिने दावी गरे।
ओलीले पार्टीलाई मात्र नभई देश र जनता सबैलाई धोका दिएको नेता भुसालले आरोप लगाए। ओलीलाई जसरी भएपनि पराजित गराइ छोड्ने उनको जिकिर छ।
“अब अर्को ओली नर्फियोस्, हाम्रो आन्दोनमा ओली जन्मिने छैन।”,उनले भने,”तपाईंलाई पराजित नगरीकन नहुने भएको छ। कमरेड ओलीलाई अहिले पनि लागेको छ, म विजय हुन्छु भन्ने।”
अब ओलीसँग दुईवटा शक्ति मात्र बाँकी रहेको उनले बताए। ओलीसँग साइबर सेना भनिने स्यालहरू र सेटिङ मात्रै बाँकी रहेको उनको भनाई छ। ओलीसँग सेटिङवाला पार्टी रहेको भन्दै नेता भुसालले संसद विघटन गरेर ओलीले ठूलो गल्ती गरेको बताए।
“अब तपाईंसँग दुईवटा शक्ति मात्र बाँकी छन्। एउटा, साइबर सेना भनिने स्यालहरू बाँकी छन्। त्यसको नेतृत्व तपाईंले गरिरहनुभएको छ,अर्को सेटिङ”,उनले भने,”तपाईंसँग सेटिङवाला पार्टी छ। यो कुरा जोड गरेर भन्दैछु दुनियाँ भन्छन्, सबैले भन्छन्। गलत गर्नुभयो। संसद पुनर्स्थापित हुनुपर्छ भनिरहेका छन्।”
साइबर स्यालहरूले जित्न वामपन्थको इतिहास, लोकतन्त्र पराजित हुनुपर्ने नेता भुसालको तर्क छ। वास्तविक दुनियाँ स्यालले रजाइँ नगर्ने र सेटिङले काम नगर्ने हेक्का राख्न ओलीलाई भुसालको सुझाव छ।