भोलि माघ ११ गते आईतबार ,कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक- मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक सदस्यसँग सुन्दर भोजन गर्नुको साथै आनन्दपुर्वक समय बिताउनुहुनेछ। आर्थिक मामलाको विषयमा भविष्यको लागि राम्रो सोच्नुहुनेछ। कलाकारले आफ्नो कला प्रदर्शन गर्नेछन्। नकारात्मक विचारबाट टाढा रहनुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन स्फूर्तिला र प्रसन्नतापूर्ण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। सुख र आनन्दको अनुभूति हुनेछ। आफन्त वा मित्रको तर्फबाट उपहार मिल्नेछ।  प्रवास र स्वादिष्ट भोजनले तपाईको दिन आनन्ददायक बनाउनेछ। आर्थिक लाभ होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विचारपूर्ण व्यवहारले तपाईलाई अनिष्टबा बचाउनेछ। बोलि- व्यवहारबाट गलतफहमी पैदा हुनेछ। शारीरिक कष्ट, मनलाई स्वस्थ बनाउनेछ। परिवारमा  क्लेशको वातावरण रहनेछ। आँखामा पीडा हुनेछ । खर्च अधिक रहनेछ । आध्यात्मिक व्यवहारले मानसिक शान्ति दिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आकस्मिक धन प्राप्ति र बहुविधि लाभ हुनेछ। दिन रोमाञ्चक र आनन्ददायक रहनेछ। आय वृद्धि हुनेछ। व्यापारीसँग फाईदादायक सम्झौता गर्नुहुनेछ। पुत्र र श्रीमतीबाट लाभ हुनेछ। पर्यटन तथा विवाहोत्सुक व्यक्तिको लागि विवाहको  योग रहेको छ।  उत्तम भोजन र स्त्री सुख मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कार्यमा  विलंबले सफलता मिल्नेछ। अफिस वा घरमा  उत्तरदायित्वको  बोझ बढ्नेछ। जीवनमा अधिक गंभीरताको अनुभव हुनेछ। नयाँ सम्बन्ध स्थापित गर्न वा  कार्यको सम्बन्धमा महत्त्वपूर्ण निर्णय नलिनुहोला। पितासँग मतभेद उत्पन्न हुनेछ।  शुभ अवसरको आयोजनको लागि समय राम्रो रहनेछैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शरीरमा  थकान, आलस र चिन्ताको अनुभव हुनेछ। सन्तानसँग मतभेद वा मनमुटाव हुनेछ। स्वास्थ्यको चिन्ताले सताउनेछ। अफिसमा  उच्च पदाधिकारीसँग वादविवाद हुनेछ। राजनीतिक कठिनाइको सामना गर्नुपर्नेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्य को ध्यान राख्नुपर्नेछ। खराब व्यवहारको कारण झगडा- विवाद हुनेछ। क्रोध र कामवृत्तिमा ध्यान राख्न आवश्यक रहनेछ। अधिक प्रवृत्त  हुनेछ। आकस्मिक धनलाभ हुनेछ। समयमा  भोजन गर्न ढिला तथा अत्यधिक खर्चले मन अस्वस्थ रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पेसा- धन्दा र व्यवसायको  क्षेत्रमा लाभ नै लाभ हुनेछ। यसका साथै मित्र ,आफन्त र वृद्दबाट लाभ हुनेछ। सामाजिक समारोह, पर्यटन जस्ता प्रसंगमा जानुहुनेछ । तपाई प्रफुल्लित रहनुहुनेछ। आयको  स्रोत बढ्नेछ । अविवाहितको लागि वैवाहिक योग रहेको छ। सांसारिक जीवनमा आनन्द अनुभव गर्नुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक र व्यापारिक आयोजन गर्नको लागि धुभ दिन रहेको छ।  कार्य सरलतापूर्वक सफल बन्नेछ। परोपकारको भावना रहनेछ। आनन्ददायक दिन बिताउनुहुनेछ। व्यवसायमा उन्नति र मान- सम्मान प्राप्त हुनेछ। गृहस्थजीवनमा आनन्द नै आनन्द हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ताजगी एवम् स्फूर्तिको अभावले अस्वस्थता अनुभव हुनेछ। मनमा चिन्ताको भावना रहनेछ। परिवारको सदस्यसँग अनबन वा झगडा हुनेछ। समयमा  भोजन र शान्ति निन्द्राबाट वन्चित रहनुहुनेछ। स्त्री वर्गबाट नोक्सान हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मन चिन्ता मुक्त हुनाले राहत महसूस गर्नुहुनेछ र उत्साह  वृद्धि हुनेछ। वृद्द र मित्रको तर्फबाट लाभको अपेक्षा राख्न सक्नुहुनेछ।  स्नेहमिलन वा  प्रवासको माध्यमबाट मित्र एवम् आफन्तसँग आनन्दपूर्वक समय बिताउनु हुनेछ। प्रिय व्यक्तिसँग र दाम्पत्यजीवनमा अधिक धनिष्ठता अनुभव गर्नुहुनेछ। आर्थिक लाभ र सामाजिक मान प्रतिष्ठाको  अधिकारी बन्नुहुनेछ

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक आयोजन गर्नको लागि शुभ दिन रहेको छ। निर्धारित कार्य पूरा हुनेछ। आय बढ्नेछ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ।  सुरुचिपूर्ण भोजन प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ तथा मनको स्वस्थता बनाईराख्नुहुनेछ।

प्रकाशित : शनिबार, माघ १०, २०७७१८:४७

आज माघ ११ गते आईतबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !