काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरु अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन्। शनिबार बिराटनगर पुगेका नेता पौडेलले नेपाली कांग्रेस अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका हुन्।
विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेस उभिने बताए।
केन्द्रमा मात्र नभई आफूहरु प्रदेशमा पनि प्रतिपक्ष रहेको नेता पौडेलको भनाई छ। प्रतिपक्ष भएकाका कारणले गर्दा पनि आफूहरु अविश्वासको प्रस्तावको पक्ष पक्षमा हुने उनले बताए।
“केन्द्रमा पनि स्याडो -छाया) सरकार बनाएका छौं । यहाँ पनि हामी प्रतिपक्षी हो। अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौँ ।”,उनले भने।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड-माधव समूहले अविश्वासकेा प्रस्ताव दर्ता गराएको छ। प्रस्तावलाई समर्थन गर्नेकि नगर्ने भन्ने बारे नेपाली कांग्रेसमा विवाद रहँदै आएको छ।
पौडेल पक्ष प्रस्तावलाई समर्थन गर्ने पक्षमा छ भने पार्टी सभापति शेरबहादुर देउवा प्रस्तावलाई समर्थन नगर्ने पक्षमा छ।