“पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रुपले समाधान हुन्छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।”

प्रकाशित : शनिबार, माघ १०, २०७७१९:२१

“निर्वाचन भए देशमा भ्रष्टाचार र गरीबी बढ्छ”