बलिउड सुपरस्टार ऋतिक रोशन फिल्मी ब्याकग्राउन्डबाट हुन् तर उनी स्टारकिड भएर पनि उनको लागी बलिउडमा करियर बनाउन सजिलो थिएन। अहिले ऋतिकलाई एक्शन र गुड लुक्सको कारण चिनिन्छ । तर एक समय यस्तो पनि थियो जब आफ्नो करियर सुरु गर्नको लागि धेरै मेहनत गर्नुपरेको थियो। थाहा पाउनुहोस ऋतिकको स्ट्रग्रलको बारेमा :
ऋतिकले २००० सालमा पिता राकेश रोशनको फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यू गरेका थिए। यो फिल्म पर्दामा हिट भएको थियो।यसका साथै ऋतिक रातारात सुपरस्टार बनेका थिए। धेरै मान्छेले ऋतिकको पिताले ऋतिकलाई फिल्म दिएको सोच्छन् तर उनले यो फिल्ममा काम गर्नको लागि निकै मिहिनेत गर्नुपरेको थियो। ऋतिकलाई काम सिकाउनको लागि उनको पिता राकेश रोशनले आफ्नो फिल्मको सेटमा उनलाई काम गर्न लगाउथे।
ऋतिक बाल्यकालदेखि नै अभिनेता बन्न चाहन्थे। फिल्मको बारेमा सिक्नको लागि उनको पिता राकेशले उनलाई असिस्टेंट डायरेक्टर राखेका थिए। उनले कैयौँ वर्षसम्म पिताको फिल्मको सेटमा काम गरे। ऋतिक रोशनले सेटमा झाडू लगाउनुको साथसाथै स्टारलाई चिया पनि दिने काम गर्थे। यो सबै काम उनको पिता राकेश रोशनले उनलाई गर्न लगाउथे।
ऋतिक रोशनले आफ्नो पिताले बनाएको फिल्म ‘करण अर्जुन’ मा पनि असिस्टेंट डायरेक्टरको रुपमा काम गरेका थिए। ऋतिक रोशनलाई त्यस समयमा सेटमा आराम गर्न पनि दिईएको थिएन। यस बारेमा राकेश रोशनले एक अन्तर्वार्तामा बताएका थिए। उनले भने , ‘ यो एक अनुभव थियो जुन सिकाउनको लागि र आभास दिलाउनको लागि थियो कि कसरी म यति अगाडी आए। म उनलाई सेटमा क्यामेरा पछाडी के हुन्छ भनेर सिकाउन चाहन्थे र केहि चीज आरामसँग नमिल्दा कस्तो अनुभव हुन्छ भनेर पनि सिकाउन चाहन्थे।’
राकेश रोशनको यो सिकाई पछि ऋतिकलाई काम लाग्यो। यही कारण ऋतिक हरेक परिस्थितिमा आफै सामना गर्थे। करियरको कुरा गर्दा ऋतिकले फिल्म ‘आशा’ मा बाल कलाकारको रुपमा काम गरेका थिए र उनको पारिश्रमिक १०० रुपैँया थिए। ऋतिकले काम सिकेर ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यू गरेका थिए। त्यसपछि ऋतिकले कोई मिल गया, कृष सीरीज, जोधा अकबर, धूम २ , अग्निपथ, कभी खुशी कभी गम, वार जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए।