कडा सुरक्षा व्यवस्थाबीच वरुण-नताशाको विवाह आज, शाहरुख-सलमान पनि आउँदै

बलिउडको सबैभन्दा चार्मिङ ब्याचलर वरुण धवन आज आफ्नो गर्लफ्रेन्ड नताशा दलालसँग वैवाहिक बन्धनमा बाँधिदै छन्। आज अलिबागमा वरुण र नताशा आफ्नो परिवारको उपस्थितिमा विवाह गर्दै छन्। बी-टाउनको लागि यो वर्ष २०२१ को पहिलो विवाह हुनेछ र सबैको नजर यही विवाहमा छ। यो विवाहको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ ताकि प्राईभेसीमा कसैले दख्खल दिन नसकून। विवाह हुने ठाउँको चारैतर्फ ठुलो संख्यामा सेक्युरिटी गार्ड तैनाथ गरिएको छ र धेरै ठाउँमा सिसिटिभी क्यामरा  पनि लगाईएको छ। वरुण र नताशाको विवाहको मण्डपलाई फ्लेक्स बोर्डले कभर गरिएको छ ताकि कसैले बाहिरबाट विवाहको फोटो खिच्न नसकून्। अभिनेताको परिवारका सदस्यलाई पनि सेलफोन प्रयोग नगर्न अनुरोध गरिएको छ।

आज हुने विवाहमा कोभिडको कारण एकदम नजिकका मानिसहरु मात्र उपस्थित हुनेछन्। खबर अनुसार बलिउडका ए-लिस्टर्स सलमान खान, कट्रिना कैफ, करण जौहर, श्रद्धा कपूर, मनीष मल्होत्रा र ज्याक्लिन फर्नान्डिज सामेल हुनेछन्। यद्यपि बच्चन परिवार, गोविन्दा र बोनी कपूरलाई आमन्त्रित गरिएको छैन। विवाहको लागि लग्जरी रिजोर्ट मेन्सन हाउस बुक गरिएको छ। यो एक एकड क्षेत्रफलमा फैलिएको छ। रिपोर्टस अनुसार यसमा २५ कोठा, स्वीमिङ पूल र गार्डेन एरिया सहित थुप्रै सुविधाहरु छन्।

बलिउड हंगामाका अनुसार  विवाहपछि हनिमुनको लागि वरुण र नताशा तुर्की जानेछन्। तुर्कीको इस्तान्बुलस्थित सिरागन प्यालेसमा बस्नेछन्। सिरागन प्यालेस दुनियाँको सबैभन्दा सुन्दर र महँगो होटेल मध्ये एक हो।

प्रकाशित : आइतबार, माघ ११, २०७७१२:३७

बो-ल्ड नायिका निया शर्माले यस व्यक्तिसंग गरिरहेकी छन डेट!