काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषाशैली माथि प्रश्न उठाएका छन्।
नेकपाको विरोधसभाका क्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह माथि गरेको टिप्पणीलाई लिएर थापाले एक ट्वीट गर्दै प्रचण्डको भाषाशैली माथि प्रश्न उठाएका हुन्।
दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डबाट लाखौं जनताको आस्थाविश्वासका धरोहर तथा एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई अमर्यादितरूपमा प्रस्तुत भएको भन्दै थापाले आपत्ति जनाएका छन्।
प्रचण्डले ज्ञानेन्द्रको नामलाई अमर्यादितरूपमा लिनुले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेको थापाको भनाई छ। प्रचण्डले प्रयोग गरेको शब्दलाई थापाले निचतापूर्ण व्यवहार भनेका छन्।
हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पुर्वराष्ट्रप्रमुख,लाखौं जनताको आस्था/बिश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादितरूपमा प्रस्तुत गर्नुभयो,त्यसले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेकोछ।प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु
— Kamal Thapa (@KTnepal) January 23, 2021
“हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पुर्वराष्ट्रप्रमुख, लाखौं जनताको आस्था र बिश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु”,थापाले शनिबार ट्वीट गर्दै भनेका छन्।
प्रचण्डले के भनेका थिए ?
शुक्रबार नेकपाले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निन्दा गरेका थिए। जसक्रममा उनले ओलीको पछाडी पूर्वराजा ज्ञानेन्द्रमा मान्छे लागेको आरोप लगाएका थिए। त्यसक्रममा प्रचण्डले ज्ञानेन्द्रलाई ‘ज्ञाने’ भनेका थिए।
“ज्ञानेका मान्छे ओलीको पछाडि दौडिएका छन्। ओली गणतन्त्र विरोधी हुन्।”,प्रचण्डले भनेका थिए।