मेष राशि
मेष राशिको व्यक्तिहरूका लागि यो हप्ता खुशी, उपलब्धि तथा सम्मानको पर्खाइमा बित्नेछ। हप्ताको सुरुवातमा बुबासँग कुनै कुरामा अनबन हुनसक्छ। कार्यक्षेत्रमा विपक्षीसँग सतर्क रहन जरूरी छ। कुनै कार्य योजना वा व्यवसायमा पैसा लगानी गर्दा होसियारीपूर्वक विचार गरेर मात्र निर्णय लिनुहोस्। प्रेम सम्बन्ध बलियो हुनेछ। वैवाहिक जीवन सुखमय रहनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
वृष राशि
अरुको कुरा सुन्नाले हातमा आएको काम पनि फुत्किन सक्छ। कार्यक्षेत्रमा अधिक व्यस्तता रहनेछ। कुनै नयाँ जिम्मेवारी पनि पाउन सकिन्छ। विद्यार्थी वर्गको मन पढाईबाट भड्किन सक्छ। हप्ताको मध्य समय साना र खुद्रा व्यापारीहरूको लागि लाभदायक हुनेछ। प्रेमीको साथमा रमणीय समय बिताउन सफल हुनुहुनेछ। जीवनसाथीको पूर्ण समर्थन प्राप्त हुनेछ। हप्ताको अन्त्यमा छोटो यात्राको योग बन्नेछ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरूले यो हप्ता आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्छ। अधिक धन खर्च हुनसक्छ। सन्तानको भविष्यका बारे पूरा हप्ता चिन्ता रहनेछ। बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। कार्यक्षेत्रमा विशेष सत्रक रहन जरूरी छ। विरोधीहरूले तपाईंको विरुद्धमा षड्यन्त्र रच्न सक्छन्। शिक्षा क्षेत्रका मानिसले अधिक लाभ प्राप्त गर्नेछन्। ससुराल पक्षबाट सहयोग मिल्नेछ।
कर्कट राशि
कर्कट राशिका मनिसले यो हप्ता भाग्यको पूरा साथ पाउनेछन्। करियर व्यवसायको दिशामा गरिएको प्रयास सार्थक साबित हुनेछ। सौन्दर्य प्रसाधन तथा कपडाको व्यवसाय गरिरहेका व्यापारीहरूले सोचेभन्दा बढी फाइदा लिनेछन्। साताको बीचमा सन्तान पक्षबाट केहि शुभ समाचार प्राप्त गर्न सक्नुहुनेछ। दाम्पत्य जीवन तथा प्रीम सम्बन्ध बलियो हुनेछ।
सिंह राशि
सिंह राशिका मानिसले यस हप्ता आफ्नो स्वास्थ्य र सम्बन्धमा पूरा ध्यान राख्न जरूरी छ। कुनै पनि पुरानो रोग बल्झिन सक्छ। मौसमी रोगहरूको बारेमा सावधान रहनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवार बढ्न सक्छ। बेरोजगार व्यक्तिहरूले रोजगारीका अवसरहरू पाउने छन्। अनावश्यक काममा खर्च हुनेछ। प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर मनमुटाव हुनसक्छ।
कन्या राशि
कन्या राशिका मानिसको यो हप्ता हरेक योजना सफल हुनेछन्। कार्यक्षेत्रमा सोचे अनुरुप सफलता मिल्नेछ। साझेदारीमा व्यवसाय गर्नेहरूका लागि समय राम्रो छ। कर्यक्षेत्रमा वरिष्ठ व्यक्तिको पूरा साथ सहयोग प्राप्त हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्न जरूरी देखिन्छ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। विद्यार्थी वर्गले सफलता पाउनको लागि कडा परिश्रम गर्नु पर्नेछ।
तुला राशि
तुला राशिका मानिसको लागि यो हप्ता शुभ साबित हुनेछ। हप्ताको सुरुमा साथी वा शुभचिन्तकको सहयोगमा काममा आइरहेका अवरोधहरू हटाइनेछ। पदोन्नतीको योग रहेको छ। कार्यक्षेत्रमा परिवर्तन वा नयाँ जिम्मेदारी मिल्न सक्छ। बेरोजगार व्यक्तिहरूले रोजगारीका अवसरहरू पाउने छन्। दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ।
वृश्चिक राशि
कुनै पनि कार्य अधुरो नछाड्नुहोस्, अन्यथा भविष्यमा अध्याधिक समस्या आउनसक्छ। हप्ताको मध्यसम्म सबै महत्वपूर्ण काम सम्पन्न गर्ने प्रयास गर्नुहोस् अन्यथा त्यसपछि परिस्थिति प्रतिकूल हुनसक्छ। जग्गा तथा भवनका मामिलाहरूमा निकै ध्यान दिएर निर्णय गर्नुहोस्। नयाँ सम्बन्ध बनाउने प्रक्रियामा पुरानो सम्बन्धहरूलाई वेवास्ता नगर्नुहोस्। शिक्षाको क्षेत्रमा मिश्रित परिणाम प्राप्त हुनेछ।
धनु राशि
यस हप्ता गरिएको हरेक प्रयास सफल हुनेछन्। तपाईंलाई हरेक कदममा भाग्यको साथ मिल्नेछ। समय प्रबन्ध गरेर र लगनशीलताका साथ काम गर्दा कार्य सफलता मिल्ने सम्भावना उच्च हुनेछ। यो हप्ता सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। जो परीक्षा-प्रतिस्पर्धाको तयारी गरिरहेका छन् उनीहरूले शुभ खबर पाउन सक्छन्। बुबाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
मकर राशि
मकर राशिका मानिसले यो हप्ता समस्याबाट भाग्ने भन्दा पनि समस्याको सामना गर्न आवश्यक छ। यदि तपाईं साहस तथा समझदारीका साथ अगाडी बढ्नु भयो भने पक्कै पनि हरेक समस्या समाधान हुनेछन्। यो हप्ता कुनै पनि काममा धन निवेश गर्नबाट बच्नुहोस्। व्यापार व्यवसायको क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध सामान्य रहनेछ।
कुम्भ राशि
कुम्भ राशिका मानिसले यो हप्ता बोल्दा वाणीमा संयम राख्न जरूरी देखिन्छ। सामाजिक तथा पारिवारिक जीवन नकारात्मक रहन सक्छ। सामाजिक क्षेत्रमा तपाईंको अपमान पनि हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। हप्ताको मध्यमा अधिक कार्यभारको कारण स्वास्थ्यमा असर पर्न सक्छ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।
मीन राशि
मीन राशिका मानिसको लागि यो हप्ता लामो यात्राको योग बन्ने देखिन्छ। यात्रा रमाईलो र लाभदायक हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट पूरा साथ सहयोग प्राप्त हुनेछ। समय पठन-पाठन, लेखन तथा पत्रकारितामा संलग्न व्यक्तिहरूको लागि यो पूरा हप्ता शुभ रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। जीवनसाथीसँग रमाइलो समय बित्नेछ।