बार्सिलोना सुपरस्टार लियोनल मेस्सी पहिलो पटक फिफा टिम अफ द इयरमा पर्न असफल भएका छन्। मेस्सी फिफा २१ ले निकालेको टिममा पर्न सफल भएनन्। मेस्सी २००९ मा सुरु भएको फिफाको टिम अफ द इयरमा नपरेको यो पहिलो पटक हो।
इए स्पोर्ट्सले हालै मात्र १८५ देशका १० मिलियन भन्दा बढी भोटको मद्दतमा टिम अफ द इयर सार्वजनिक गरेको छ।
The people’s champions. 🏆
Over 10 million votes from 185 countries.
Introducing your Team of the Year.#TOTY #FIFA21 pic.twitter.com/vQFiDwckSq— EA SPORTS FC (@EASPORTSFC) January 22, 2021
गोलकिपरमा युरोपियन च्याम्पियन बार्यन म्युनिख परेका छन्। त्यस्तै, डिफेन्डरमा बार्यन कै अल्फोन्जो डेभिस, रियल म्याड्रिडका कप्तान सर्जियो रामोस, लिभरपुलका भर्जिल भानडाइक र ट्रेन्ट एलेक्जेन्दर आर्नोल्ड पर्न सफल भएका छन्।
म्यानचेस्टर सिटीका प्ले-मेकर केभिन डी ब्रुएन, बार्यनका जोसुवा किमिक र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजको मिडफिल्ड ट्रियो रहेको छ भने अग्रपंक्तिमा पीएसजीका किलियन एम्बाप्पे, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र फिफा वर्ष खेलाडी बार्यनका रोबर्ट लेवान्डोस्की छन्।