पेलेले आफ्नो ‘टिम अफ द इयर’ मा राखेनन् आफ्ना दुई प्रमुख रेकर्ड तोडेका मेस्सी र रोनाल्डोलाई !

इए स्पोर्ट्सले हालै मात्र १८५ देशका १० मिलियन भन्दा बढी भोटको मद्दतमा टिम अफ द इयर सार्वजनिक गरेको छ। यस्तोमा ब्राजिलियन दिग्गज पेलेले पनि आफ्नो उत्कृष्ट ११ ट्वीटर मार्फत सार्वजनिक गरेका छन्।

८० वर्षीय पेलेको टिममा लिभरपुलका एलिसन बेकार गोलकिपर रहने उनले खुलासा गरेका छन्। त्यस्तै, फुल ब्याकमा लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र बार्यन म्युनिखका अल्फोन्जो डेभिस छन्। सेन्ट्रल डिफेन्डरमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस त चेल्सीका थियागो सिल्भा छन्।

पेलेले म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएन, रियल म्याड्रिड स्टार टोनी क्रुस र लिभरपुल स्टार थियागोको तीन सदस्यीय मिडफील्ड चयन गरे। तीन पटकका विश्वकप विजेताले मेस्सी र रोनाल्डोलाई दुबैलाई आफ्नो टिममा राखेनन्। उनले पेरिस सेन्ट-जर्मेनका नेइमार र किलियन एम्बापेको साथमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई अग्रपङ्क्तिमा छनौट गरेका छन्।

प्रकाशित : आइतबार, माघ ११, २०७७१८:०४

सन्दीप लामिछानेको दुई विकेटमा होबार्ट विजयी !