काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन्।
उमेरले ४८ वर्ष पुगिसकेका राईले आइतबार काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पासँग विवाह गरेका हुन्। उनीहरुको विवाह परम्परागत विधिबाटसम्पन्न भएको छ। साथै रे शेर्पा आफ्नो जातीय पोशाकमा सजिएका छन्। ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह भएको हो।

मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २३ वर्ष पुगेको पारिवारिक श्रोतले जनाएको छ। एक श्रोतका अनुसार राई र शेर्पाको करिब एक वर्ष देखि प्रेम सम्बन्धमा थिए।
मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएको बताइन्छ । उनका बाबु–आमा अमेरिकामा छन् ।
मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने बताइएको छ ।