हालै एक भिडियो निकै भाइरल भइरहेको छ, जुन देखेपछि यो प्रश्न उठ्छ कि के साँच्चै हामीमा मानवता नामको चीज छैन ? यो घटना भारतको तामिलनाडुको हो। नीलगिरि जिल्लाका केहि मानिसले जल्दै गरेको कपडा हात्तीको टाउको माथि फालिदिए। यसको असर उक्त हात्तीमा यसरी पर्यो कि हात्तीको मृ-त्यु हुन पुग्यो। यसको आरोपमा पुलिसले दुई जनालाई नियन्त्रणमा लिएको छ। तर मानिसहरुको दिमागमा एउटा प्रश्न उठिरहेको छ कि आखिर, के हामी मानिसमा मानवता सकिएको हो त ?
प्रवीण एंगुसामी एक आईएफएस अफिसर हुन्। उनले यस घटनाको भिडियो साझा गरेका छन्। उक्त भिडियो निकै दर्दनाक छ। यसको हात्तीको दर्दनाक आवाज प्रष्ट सुन्न सकिन्छ। यो भिडियो आफैंमा जलिरहेको मानवताको दृश्य हो। जहाँ एक निर्दोष हात्ती केहि हरामी तत्वको कारण जल्न पुग्यो।
Barbaric act in Nilgiris, Tamilnadu. An elephant was attacked with a burning tyre, in a private resort, killing the animal. Hope the guilty are punished for this inhumane act of violence. #WA #EveryLifeMatters #SaveWildlife pic.twitter.com/iLJn2yxgdq
— Praveen Angusamy IFS 🐾 (@JungleWalaIFS) January 22, 2021
पक्राउ परेका दुई बाहेक रिक्की रायन पनि यस घटनामा संलग्नता रहेको बताइन्छ। दुई व्यक्तिलाई शुक्रबार पक्राउ गरिएको थियो र अब ती व्यक्तिलाई रिमांडमा पठाइनेछ।