काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली खेमाका नेता सुर्य थापाले अर्का खेमाका अध्यक्ष माधव कुमार नेपालले पहिला पार्टीको तेस्रो अध्यक्ष बन्न गरिएको प्रस्ताव अस्विकार गरेको खुलासा गरेका छन्।
निर्वाचन आयोगले नेकपाको कुनै पनि खेमालाई आधिकारिकता नदिने र माधव नेपाललाई अध्यक्ष नमान्ने निर्णय गरेपश्चात थापाले सामाजिक संजाल मार्फत नेपाल माथि कटाक्ष गर्नेक्रममा त्यस्तो खुलासा गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका थापाले एकीकृत नेकपाको तेस्रो अध्यक्ष बन्न गरेको प्रस्ताव अस्विकार गरेर प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेका माधव नेपाल १ महिना ४ दिनमै अवैध घोषित भएको बताएका छन्।
सो क्रममा थापाले पहिले पनि दरबारको पश्चिम ढोकामा नेपालले स-भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको उल्लेख गरेका छन्। एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नेपालले नमानेको दावी गर्दै थापाले ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै व्यंग्य गरेका छन्।
“पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति –
अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा –
बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा
भनेकाे यस्तै भएर हाेला !
एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,
तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।
मजाक –
उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?”
पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति –
अहिले कार्की…Posted by Surya Thapa on Sunday, January 24, 2021