निर्वाचन आयोगले अध्यक्ष नस्विकारेको बारे पहिलो पटक बोले माधव नेपाल !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष माधव नेपालले आफूलाई निर्वाचन आयोगले पार्टीको अध्यक्ष मान्न अस्विकार गरेको विषय बारे टिप्पणी गरेका छन्।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित दुई नम्बर प्रदेशका अगुवाहरुको भेलालाई सम्बोधन गर्नेक्रममा नेपालले आफूलाई अध्यक्ष मान्न निर्वाचन आयोगले अस्विकार गरेको बारे पहिलो पटक बोले। त्यसक्रममा उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपनि प्रचण्डलाई मानेको छ भन्दा चित्त बुझाए।

“निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ ।”,उनले भने।

यस्तै नेपालले केपी ओलीको पार्टी धुलो छाप पार्टी भएको पनि बताएका छन्। ओलीको पार्टीलाई धुलो छाप पार्टीको संज्ञा दिँदै ओलीको पार्टीको कुनै काम नभएको बताए।

“केपी ओलीको पार्टी धुलो छाप पार्टी हो । कोही नजानुहोला । अस्ति म बर्दिया गएको थिएँ । त्यहाँ त्यो पार्टीका केन्द्रीय सदस्य गमक्क परेर शपथ गरेर फर्केछन् । फर्किंदा–फर्किँदै उनीहरुले भने– त्यता गएर तमासा गरिए छ । केपी ओली गुट मूर्दावाद भनेर घोषणा गर्नुभएछ। दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ । त्यो कुनै पार्टी हो ? त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन । त्यसको कुनै काम छैन ।’,नेता नेपालले भने।

ओलीले पछिल्लो समय विभिन्न जिल्लामा केन्द्रीय सदस्य र टिकटको लोभ देखाउँदै कार्यकर्ता तथा नेता तान्ने कार्य गरेको भन्दै नेपालले ओलीको भुलभुलैयामा नपर्न सुझाव समेत दिए।

उनले भने,”सुन्दै छु जिल्ला जिल्ला गएर डमरु बजाउँदै छन्, को आउनुहुन्छ आउनुस्, टिकट लिनुस्, केन्द्रीय सदस्य बन्नुस् भनेर । यो भुलभुलैयामा नपर्नुहोला”

प्रकाशित : सोमबार, माघ १२, २०७७१४:१६

माधव नेपालको नजरमा प्रचण्ड धेरै सोझो, जालझेल नबुझ्ने दावी !