संसारमा धेरै फलहरू छन् जुन खानमा जत्तिको स्वादिष्ट हुन्छन्, स्वास्थ्यका लागि पनि त्यत्तिकै लाभदायक हुन्छन्। त्यस्तै एउटा फल हो आरुबखाडा, जसलाई अंग्रेजीमा एप्रीकट भनिन्छ। यस फलमा विटामिन-ए, सी, ईको प्रशस्त मात्रा पाइन्छ। यस बाहेक, पोटाशियम, कपर, म्याग्निज, म्याग्नेशियम र फास्फोरस जस्ता तत्व पनि यसमा प्रचुर मात्रामा पाइन्छ।
यस फलको उपभोगका फाइदाको बारेमा जानौं …
कब्जियत
यो कब्जियतबाट पीडित मानिसको लागि अत्यन्त लाभदायक हुन्छ। यसमा प्रचुर मात्रामा फाइबर पनि पाइन्छ जसको कारण यो आन्द्राको लागि पनि निकै फाइदाजनक हुन्छ। फाइबरले पाचन प्रणालीको गतिलाई पनि सक्रिय गर्छ।
हड्डीको लागि लाभदायक
यस फलमा पाइने क्याल्सियम, आइरन, म्याग्निज, कपर र फास्फोरसजस्ता खनिज पदार्थ हड्डीहरूको विकासका लागि धेरै महत्त्वपूर्ण हुन्छन्। यसले हड्डी सम्बन्धि विभिन्न समस्याबाट छुटकारा दिन्छ।
एनीमिया
आरुबखाडा आइरन र कपरले समृद्ध हुन्छ जसले हेमोग्लोबिनको निर्माणमा सहयोग गर्छ। यी गुणहरू एनीमियाको उपचारमा सहयोगी हुन्छन्। वास्तवमा, एनीमियाको समस्या शरीरमा आइरनको अभावका कारण हुन्छ। जसको कारण कमजोरी, थकान, टाउको दुख्ने र पाचन समस्या हुन सक्छ।
आँखाको लागि फाइदाजनक
सुक्खा आरुबखाडामा एन्टीअक्सीडेन्ट्स र बीटा क्यारोटीन उच्च मात्रामा पाइन्छ, जसले आँखामा अप्टिक स्नायुहरूलाई सुदृढ पार्न र आँखाको स्वास्थ्यलाई ठीक राख्न मद्दत गर्छ। यसले मोतियाबिन्दको जोखिमलाई पनि कम गर्छ।