बलिउडमा थुप्रै सफल प्रेम देख्न सकिन्छ। तर त्यो भन्दा धेरै असफल प्रेम देखिन्छ। तर बलिउडमा यस्ता पनि कलाकार छन् जसले इन्डस्ट्रीमा नाम कमाउने बित्तिकै आफ्नो प्रेमीलाई छाड्दिए। आज हामी तपाईंलाई बलिउडका यस्ता कलाकारको बारेमा कुरा गर्दैछौं जसले फिल्ममा सफलता पाउना साथ आफ्ना प्रेमीसँगको सम्बन्ध तोडिदिए।
अर्जुन कपूर-अर्पिता खान
बलिउडमा पाइला राख्नु अघि अर्जुन कपूर र सलमान खानकी बहिनी अर्पिता खान प्रेम सम्बन्धमा थिए। यी दुईले एक-अर्कालाई दुई वर्ष डेट गरे। तर जब अर्जुनले ‘इशकज्यादे’ फिल्म पाए, यी दुईको सम्बन्ध बिस्तारै बिग्रदै गयो। अन्ततः यी दुई बीचको सम्बन्ध टुंगियो। अर्जुन अहिले सलमानका कुनै समयकी भाउजु मलाइका अरोरासँग प्रेम सम्बन्धमा छन्।
रणबीर कपूर- अवन्तिका मलिक
रणबीर कपूर- अवन्तिका मलिकको जोडी पनि उन जोडीमा पर्छन् जसको सुखद अन्त्य हुन सकेन। रणबीर बलिउडमा आउनु अघि यी दुईबीच प्रेम रहेको बताइन्छ। तर रणबीरको बलिउडमा इन्ट्रीसँगै यी दुई आ-आफ्नो बाटो लागेको चर्चा थियो। रणबीर अहिले आलिया भट्टसँग प्रेममा छन् भने अवन्तिकाले इमरान खानसँग विवाह गरिसकेकी छिन्।
अभिषेक बच्चन-दिपानिता शर्मा
यी दुईको प्रेम सुमित जोशीको पुस्तक ‘अफेयर्स अफ बलिउड स्टार्स रेभिल्ड’ मा पनि उल्लेख गरिएको छ। भनिन्छ कि सोनाली बेंद्रेले अभिषेक बच्चनलाई दीपनितासँग परिचित गराएकी थिइन् र त्यसबेलादेखि उनीहरूको सम्बन्ध पहिले मित्रता र त्यसपछि प्रेममा परिणत भयो। यद्यपि यो सम्बन्ध १० महिना मात्र चल्यो र अभिषेकले दीपनीताबाट दूरी बनाए।
आदित्य राय कपूर-आहाना देवल
बलिउड सुपरस्टार धर्मेन्द्र र हेमा मालिनीकी छोरी आहाना देवलको नाम अभिनेता आदित्य राय कपूरसँग जोडिएको थियो। यी दुई बीचको सम्बन्ध चार वर्षसम्म रह्यो। त्यसपछि, यो सम्बन्ध टिक्न सकेन। तर सार्वजनिक रूपमा भने यी दुईले कहिले पनि यो सम्बन्धको खुलासा गरेनन्।
नील नितिन मुकुश-प्रियंका भाटिया
नील नितिन मुकेशले लामो समयसम्म आफ्नी डिजाइनर प्रियंका भाटियालाई डेट गरे। यी दुई लिभ-इन रिलेसनमा रहेर इन्गेजमेन्ट समेत गरिसकेका थिए। तर २००७ मा ‘जोनी गद्दार’ बाट बलिउडमा धमाकेदार इन्ट्रीका साथै अभिनेताले आफ्नी प्रेमिकासँग सबै सम्बन्ध तोडिदिए।